माओवादी केन्द्र तेह्रथुमको ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन
नेकपा माओवादी केन्द्र तेह्रथुमले ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको छ । केन्द्रले तेह्रथुममा दोस्रो पालिका सम्मेलनद्वारा नयाँ नेतृत्व सर्वसहमत चयन गरेको जनाएको छ । जिल्लाको छथर गाउँपालिकाको अध्यक्ष अनिल आङ्खेवा, उपाध्यक्ष डोलेन तिगेला, निरोज निरौला, डुढेन्द्र कटुवाल, सचिव लिलम खुलाल, सहसचिव नारायण लिम्बु र कोषाध्यक्ष मार्था कङ्दन्वा चयन भएका छन ।
त्यस्तै लालीगुराँस नगरपालिकामा अध्यक्ष छिरिङ लामा, उपाध्यक्ष दिलप्रसाद लिम्बू, टेकबहादुर मगर, टिका लिम्बू, सचिव हजेन्द्र संग्रौला, सहसचिव पूर्ण पौड्याल र कोषाध्यक्षमा सिम्पल पिठा चयन भएका छन् ।
त्यस्तै म्याङलुङ नगरपालिकामा अध्यक्ष दिपक कट्टेल, उपाध्यक्ष सोभा दाहाल, नुमबहादुर लिम्बू सन्तोस थेगुवा, सचिव प्रेम खड्का, सहसचिव थानेश्वर सोदेम्बा र कोषाध्यक्ष मंगला नेपाली चयन भएको माओवादी केन्द्र तेह्रथुमका जिल्ला समन्वय समितिका संयोजक इन्द्र इम्सङले जानकारी दिए ।
मेन्छेयाम गाउँपालिका अध्यक्ष मनकुमार लिम्बु क्षितिज, उपाध्यक्ष बमबहादुर पंधाक, फुर्वा शेर्पा, कर्ण तामाग्ङ, सचिव योगेस भट्टराई, सहसचिव सुवास ढकाल, कोषाध्यक्ष सिता तामाङ चयन भएका छन ।
फेदाप गाउँपालिकामा अध्यक्ष टीका पयांगु , उपाध्यक्ष दयाराम भट्टराई, गौरी सापकोटा, रामेश्वर सुवेदी, सचिव शिव कुरुङवाङ, सहसचिव भिम भट्टराई र कोषाध्यक्ष प्रमिला लिम्बू चयन भएका छन् । आठराई गाउँपालिकाको अध्यक्षमा गणेश बिमली, उपाध्यक्ष जय कन्दङवा, उपाध्यक्ष रमिला खनाल, उपाध्यक्ष रत्न मणि ओली, सचिव रुद्र फोम्वो, सहसचिव सागर थिङलाबु र कोषाध्यक्षमा अन्जना पौठाक चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण