कपिलवस्तुमा डुबेर बालिकाको मृत्यु
शुक्रबार, १७ मङ्सिर २०७८, २० : ०२
कपिलवस्तुमा खाल्डोमा जमेको पानीमा डुबेर डेढ वर्षिया बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसार जिल्लाको बुद्धभूमि नगरपालिका–५ प्रेमनगरस्थित इँटाभट्टामा काम गर्ने कैलाली जोशीपुर गाउँपालिका १ पिपरकोटी घर भएका प्रबिन कुमार दंगौडाकी डेढ वर्षीया छोरी आकृति दंगौडाको डुबेर ज्यान गएको हो ।
खेल्ने क्रममा सोही इँटाभट्टा नजिक रहेको पानी जम्मा भएको खाडलमा डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण