काँग्रेस अधिवेशन : लुम्बिनीमा संस्थापन पक्षबाट शाह र संस्थापन इतरबाट पुनको प्यानलसहित उम्मेदवारी
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा सभापतिका लागि संस्थापन पक्षबाट रुपन्देहीका भरतकुमार शाह र इतर पक्षबाट रुकुमका अमर सिंह पुनले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् ।
शाहको प्यानलमा २ जना उपसभापति पदका लागि कपिलवस्तुका सुधाकर पाण्डे र दाङका राजु खनालले उम्मेदवारी दिए छन् । यस्तै, महामन्त्री पदका लागि बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझी उम्मेदवार छन् । सह–महामन्त्रीमा १ महिलासहित ३ पदका लागि रुपन्देहीकी सरिता चौधरी, बाँकेकी माया पुन र बाँकेकै लक्ष्मीनारायण शाहले मनोनयन पत्र पेस गरेका छन् ।
यस्तै पुनको प्यानलबाट उपसभापति पदका लागि गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रुपन्देहीका अष्टभुजा पाठकले उम्मेदवारी दिएका छन् । महामन्त्री पदमा पश्चिम नवलपरासीका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । सह–महामन्त्रीका लागि प्युठानकी निमा गिरी, अर्घाखाँचीका विष्णु खनाल (मुस्कान) र दाङका खगराज पान्डेयले उम्मेदवारी दिएका छन् ।
यस्तै महामन्त्रीमा ताराप्रसाद फुल्लेलले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको निर्वाचन अधिकृत डा. बुद्धबहादुर थापाले बताए । जिल्लाको तहको निर्वाचनमा लुम्बिनी प्रदेशमा रामचन्द्र पौडेल पक्ष बलियो देखिएको छ । तर दुवै पक्षले आफू बलियो भएको दाबी गर्दै आएका छन् । लुम्बिनी प्रदेशमा प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि गरी १ हजार ६ सय ४८ जना प्रतिनिधि छन् । निर्वाचन समितिका अनुसार नेतृत्व चयनका लागि शनिबार मतदान हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण