नवलपरासीको तुरिया खोलामा राखिएको बेली ब्रिजमा क्षति
पश्चिम नवलपरासीको तुरिया खोलाको राखिएको अस्थायी पुलमा बेलीब्रिजमा क्षति पुगेपछि बुटवल– नारायणगढ सडक अवरुद्ध भएको छ । पुरानो पुलको नजिकैबाट नयाँ पुल निर्माणका लागि साइट खन्ने क्रममा माटो खस्दा बेली ब्रिज अवरुद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सही ज्ञानु पाण्डेयले रातोपाटीलाई बताए ।
गत भदौ ११ गते भीषण वर्षाका कारण सुनवलको तुरिया खोला पुल भत्किएपछि अस्थायी रूपमा सवारी साधन सञ्चालनका लागि बेलिब्रिज बनाइएको थियो । आज जमिन भासिएपछि अहिले ठुला सवारी साधानहरुलाई वैकल्पिक बाटोबाट पठाएको छ । भैरहवा परासी रोड हुँदै ठुला सवारी पास गराएको प्रहरीले जनाएको छ ।
नयाँ पुल बनाउनका लागि साइट खन्ने क्रममा माटो खसेकव थियो। साना सवारी साधन भित्री सडक हुँदै जान सक्ने भएता पनि ठुला सवारी तथा ओभरलोड भएका सवारी साधन भने भैरहवा– भूमहि लगायत सडक खण्ड प्रयोग गर्नु पर्ने बताए । अव उक्त सडक बनाउन केही दिन लाग्ने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण