रामहरिको राजकुमारी बनिन् प्रियारानी
आइतबार, १९ मङ्सिर २०७८, ११ : १३
‘मिस विश्व कस्मोपोलिटन–२०१९’ विजेता तथा मोडल प्रियारानी लामा अभिनित गीत ‘राजकुमारी’ सार्वजनिक भएको छ । भिडियो प्रियारानी राजकुमारीको गेटअपमा देखिएकी छन् । गीतमा उनलाई मोडल रामहरि खड्काले साथ दिएका छन् । राजधानीमा एक कार्यक्रमसहित सार्वजनिक गीतमा मनाङ, मुस्ताङ लगायतका आकर्षक लोकेशनमा खिचिएको छ ।
भिडियोका निर्देशक रुपेश थापा हुन् । भिडियोमा राजकुमारीको कल्पना गर्ने युवाको प्रेमलाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको निर्देशक थापाले बताए । निरज लामाको संगीत र स्वर रहेको गीतमा खगेन्द्र भट्टराईका शब्द छन् । छायाङ्कन समेत निर्देशक थापाको रहेको गीतमा सियोन श्रेष्ठको कोरियोग्राफी र सुप्रिम पराजुलीको सम्पादन छ ।