रामहरिको राजकुमारी बनिन् प्रियारानी
आइतबार, १९ मङ्सिर २०७८, ११ : १३
‘मिस विश्व कस्मोपोलिटन–२०१९’ विजेता तथा मोडल प्रियारानी लामा अभिनित गीत ‘राजकुमारी’ सार्वजनिक भएको छ । भिडियो प्रियारानी राजकुमारीको गेटअपमा देखिएकी छन् । गीतमा उनलाई मोडल रामहरि खड्काले साथ दिएका छन् । राजधानीमा एक कार्यक्रमसहित सार्वजनिक गीतमा मनाङ, मुस्ताङ लगायतका आकर्षक लोकेशनमा खिचिएको छ ।
भिडियोका निर्देशक रुपेश थापा हुन् । भिडियोमा राजकुमारीको कल्पना गर्ने युवाको प्रेमलाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको निर्देशक थापाले बताए । निरज लामाको संगीत र स्वर रहेको गीतमा खगेन्द्र भट्टराईका शब्द छन् । छायाङ्कन समेत निर्देशक थापाको रहेको गीतमा सियोन श्रेष्ठको कोरियोग्राफी र सुप्रिम पराजुलीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण