लुम्बिनीमा पौडेल समूहका अमरसिंह पुनले लिए ५० मतको अग्रता
नेपाली काँग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार अमरसिंह पुनले अग्रता लिएका छन् । १ हजार ६३१ मत खसेकोमा २ सय ६५ को गणनामा पुनले ५० मतको अग्रता लिएका छन् ।
पुनले १ सय ५७ मत ल्याएका छन् भने सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार भरत शाहले १०७ मत पाएका छन् । पदाधिकारीमा पनि पुन प्यानलकै उम्मेदवारहरूले अग्रता लिएका छन् ।
पुन नेतृत्वको प्यानलबाट उपसभापतिमा भुवनप्रसाद श्रेष्ठ र अष्टभुजा पाठक, महामन्त्रीमा बिक्रम खनाल र सुरेन्द्रराज आचार्य, सहमहामन्त्रीमा खगराज पाण्डे, विष्णु मुस्कान र निमा गिरी चुनावी मैदानमा छन् ।
शाहको प्यानलको उपसभापतिमा राजु खनाल र सुधाकर पाण्डे, महामन्त्रीमा जन्मजय तिमल्सिना र खिमानसिंह रायमाझी तथा सहमहामन्त्रीमा लक्ष्मीनारायण शाह, सरिता चौधरी र माया पुन प्रतिस्पर्धामा छन् ।
यस्तो छ अहिलेसम्मको मत परिणाम
२६५ मत गणना गर्दा-
सभापति
१.अमरसिंह पुनमगर १५७
२.भरतकुमार शाह १०७
उपसभापति
१.अष्टभुज पाठक १५०
२.भुवनप्रसाद श्रेष्ठ १५०
३.राजु खनाल १०९
४.सुधाकर पाण्डे ८०
महामन्त्री
१.खिमानसिंह रायमाझी ८१
२.जन्मजय तिमल्तिना ९२
३.बिक्रम खनाल १६३
४.सुरेन्द्रराज आचार्य १५६
सहमहामन्त्री (महिला)
१.निमा गिरि १४३
२.सरिता चौधरी ९७
सहमहामन्त्री (खुल्ला)
१.खगराज पाण्डे १४१
२. माया पुन १०५
३.लक्ष्मीनारायण शाह ९१
४.विष्णुप्रसाद खनाल (मुस्कान) १६३
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण