बुस्टर डोज खोप दिने सरकारको तयारी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको दुवै मात्रा खोप लगाएका व्यक्तिहरूलाई बुस्टर डोज खोप दिने तयारी गरेको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले प्राथमिकताका आधारमा सबैलाई बुस्टर डोज खोप दिने तयारी गरिरहेको जानकारी दिए । संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा उनले बुस्टर डोज खोप सबै नागरिकलाई दिने गरी छलफल भइरहेको बताउँदै एक करोड ५० लाख मात्रा बुस्टर डोज खोप ल्याउने तयारी भइरहेको जानकारी दिए ।
उनले हाल नेपालमा ८३ लाख मात्रा खोप मात्र बाँकी रहेको बताउँदै निरन्तर खोप आइरहेको बताए । केही दिनअघि कोभिसिल्ड, मोर्डना खोप नेपाल आएको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीले नेपालमा हाल कोभ्याक्स सुविधामार्फत खोप आएको जानकारी दिँदै त्यसबाहेक अनुदान र खरिदमार्फत दुई करोड ७३ लाख ५६ हजार ५३० डोज खोप नेपाल आयात गरिएको बताए । नेपालमा हालसम्म एक करोड ९० लाख मात्रा खोप प्रयोग भइसकेको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले पहिले ७५ प्रतिशत नागरिकले खोप लगाइसकेपछि बुस्टर डोज लगाउन सकिने भन्दै बुस्टर डोज प्राथमिकताका आधारमा लगाइनुपर्ने बताए । परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेकलाल कर्णले भेरोसेल खोपको दुवै मात्रा पूरा गरेकालाई खोप लगाएको तीन महिनापछि बुस्टर डोज खोप लगाउन सकिने स्पष्ट पारे। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीका कारण ताइवानमा हजारौँ विस्थापित
-
सार्वजनिक यातायातका समस्या समाधान गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री बानियाँ
-
मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार
-
सिनामङ्गल–बानेश्वर क्षेत्रको बागमतीबाट दुई मेट्रिक टन नकुहिने फोहाेर व्यवस्थापन
-
नेपालको सरकारी सेवाहरूमा समानुभूतिपूर्ण व्यवहार
-
कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तीव्र, ७५ प्रतिशत भौतिक प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण