महामन्त्रीमा पराजय भएपछि रेखाले भनिन्– ‘आफैंलाई नियाल्ने अवसर पाएँ’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हालै सम्पन्न महाधिवेशनमा महिला महामन्त्रीका उम्मेदवार रेखा थापाले आफु पराजय हुँदा पनि खुसी व्यक्त गरेकी छन् । उनले राप्रपाको महाधिवेशनमा आफुले आफैंलाई नियाल्ने एउटा अवसर पाएको समेत बताएकी छन् ।
सामाजिक सञ्जालमा एक हँसिलो तस्बिर पोष्ट गर्दै उनले लेखेकी ‘आफैंले आफैंलाई नियाल्न पाउनु पनि एउटा अवसर नै हो ।’ रेखाको यो पोष्टमा थुप्रैले सामाजिक प्रयोगकर्ता (युजर्स) ले कमेन्ट गरेका छन् । तीमध्ये धेरैले उनलाई फिल्म क्षेत्रमै रमाउन सुझाव दिएका छन् भने केहीले उनको अस्थिर चरित्रका कारण राजनीतिमा असफल भएको धारणा राखेका छन् ।
अनिश तामाङ नाम गरेका एक युजर्सले उनको पोष्टमा कमेन्ट गरेका छन् ‘अस्थिर मान्छेहरु राजनीतिमा कहिल्यै सफल हुँदैन । तपाईंले राजनीति गरेको ठिक छ तर तपाईंमा अस्थिरता/महत्वाकांक्षी बढी छ ।’
त्यस्तै इन्दु दनुवार नामक एक युजर्सले भने उनको पराजयमा सान्त्वना दिँदै लेखका छन्– ‘संसारमा हारले नै जित्न सिकाउने हो, आजको हार भोलि अवश्य जित हुनेछ ।’ इन्दुले जीवनमा जति ठक्कर लाग्छ त्यति नै आफुले बुझ्ने अवसर प्राप्त हुने बताएकी छन् ।
रेखा महिला महामन्त्रीका अर्का उम्मेदवार कुन्ती शाहीसँग पराजित भएकी हुन् । थापालाई कमल थापाले राप्रपा प्रवेश गराएका थिए । महाधिवेशनमा रेखा अध्यक्षमा विजयी राजेन्द्र लिङ्देन समूहबाट महिला महामन्त्रीको उम्मेदवार बनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण