महामन्त्रीमा पराजय भएपछि रेखाले भनिन्– ‘आफैंलाई नियाल्ने अवसर पाएँ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हालै सम्पन्न महाधिवेशनमा महिला महामन्त्रीका उम्मेदवार रेखा थापाले आफु पराजय हुँदा पनि खुसी व्यक्त गरेकी छन् । उनले राप्रपाको महाधिवेशनमा आफुले आफैंलाई नियाल्ने एउटा अवसर पाएको समेत बताएकी छन् ।
सामाजिक सञ्जालमा एक हँसिलो तस्बिर पोष्ट गर्दै उनले लेखेकी ‘आफैंले आफैंलाई नियाल्न पाउनु पनि एउटा अवसर नै हो ।’ रेखाको यो पोष्टमा थुप्रैले सामाजिक प्रयोगकर्ता (युजर्स) ले कमेन्ट गरेका छन् । तीमध्ये धेरैले उनलाई फिल्म क्षेत्रमै रमाउन सुझाव दिएका छन् भने केहीले उनको अस्थिर चरित्रका कारण राजनीतिमा असफल भएको धारणा राखेका छन् ।
अनिश तामाङ नाम गरेका एक युजर्सले उनको पोष्टमा कमेन्ट गरेका छन् ‘अस्थिर मान्छेहरु राजनीतिमा कहिल्यै सफल हुँदैन । तपाईंले राजनीति गरेको ठिक छ तर तपाईंमा अस्थिरता/महत्वाकांक्षी बढी छ ।’
त्यस्तै इन्दु दनुवार नामक एक युजर्सले भने उनको पराजयमा सान्त्वना दिँदै लेखका छन्– ‘संसारमा हारले नै जित्न सिकाउने हो, आजको हार भोलि अवश्य जित हुनेछ ।’ इन्दुले जीवनमा जति ठक्कर लाग्छ त्यति नै आफुले बुझ्ने अवसर प्राप्त हुने बताएकी छन् ।
रेखा महिला महामन्त्रीका अर्का उम्मेदवार कुन्ती शाहीसँग पराजित भएकी हुन् । थापालाई कमल थापाले राप्रपा प्रवेश गराएका थिए । महाधिवेशनमा रेखा अध्यक्षमा विजयी राजेन्द्र लिङ्देन समूहबाट महिला महामन्त्रीको उम्मेदवार बनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङमा टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
-
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री
-
बाबुरामलाई प्रश्न– प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा पश्चाताप लागेको छैन ?
-
मोदीको भनाई खारेज गर्दै पाकिस्तानले भन्यो – हामी ‘आतंकवाद पीडित’
-
ट्रम्पको दाबी भारतद्वारा अस्वीकार
-
त्रिशुली नदीमा डुबेर दुई बालिका बेपत्ता