कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त
प्रदेश २ सरकारले कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले डा. वैद्यनाथ महतोलाई कृषि विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले गत कार्तिक २३ मा प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका थिए ।
प्रदेश २ को अति नै महत्वाकांक्षी कार्यक्रम मानिएको कृषि विश्वविद्यालयको स्थापना तथा संचालनको सुरुवातसँगै मंगलबार मुख्यमन्त्री लालबाबु राउतले उपकुलपति नियुक्त गरेका छन् ।
नवनियुक्त उपकुलपति डा. महतो प्रदेश २ को नीति तथा योजना आयोगका पूर्व सदस्यसमेत हुन् । सिरहाको मिर्चैया नगरपालिका– २ का डा. महतोलाई विश्वविद्यालयका सहकुलपति तथा सामाजिक विकास मन्त्री नवलकिशोर साहको सिफारिसमा कुलपति समेत रहेका मुख्यमन्त्री राउतले नियुक्त गरेका छन् ।
उपकुलपति नियुक्त गरिए पनि कृषि विश्वविद्यालयको भौतिक संरचनाको अझैसम्म अत्तोपत्तो छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण