नाडा निर्वाचनको भोटिङ सुरु, १८ पदका लागि ३६ प्रतिनिधि भिड्दै (फोटोसहित)
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको छ । बिहीबार बिहान ८ बजेदेखि राजधानीको पाँचतारे होटल सोल्टीमा सुरु भएको नाडाको मतदातामा साढे १० बजेसम्ममा करिब ४०० भोट खसिसकेको निर्वाचन समितिले जानकारी दिएको छ ।
देशभर सात प्रदेश ७७ वटै जिल्लाबाट भोटिङका लागि काठमाडौं उत्रिएका व्यवसायी प्रतिनिधिहरुले बिहानैदेखि लाम (लाइन) लागेर भोट हालिरहेका छन् । भोटिङका लागि नाडाले होटल सोल्टीमा ३५ वटा भोटिङ बुथको व्यवस्था गरेको छ भने भोटरहरुका लागि चारवटा लाइनको व्यवस्था गरिएको छ ।

बिहान ८ बजेसम्मदेखि सुरु भएको नाडाको निर्वाचन बेलुकी ३ बजेसम्म चल्नेछ । भोटिङ प्रक्रिया समाप्त भएसँगै बेलुकी पाँच बजेदेखि मतगणना सुरु हुने नाडा निर्वाचन समितिले जानकारी दिएको छ । यसपटक नाडाको नयाँ नेतृत्वका लागि कुल १८ पदमा दुई अध्यक्षका प्रत्यासीसहित ३४ जना सदस्यहरु भिड्दै छन् ।
व्यवसायी करण चौधरी र ध्रुव थापाले नेतृत्व गरेको दुई प्यानलमा चौधरी प्यानलबाट व्यवसायी राजनबाबु श्रेष्ठ, सुनील रिजाल, सुरेन्द्रकुमार उप्रेती (सुरेश), अनुपकुमार बराल, विक्रम सिंघानिया, निलमणि पाठक (राम), प्रकाश कपुरी, मिलनबाबु मल्ल, अभिक ज्योती, पंकज अग्रवाल, निशान ढकाल, वरदान बस्नेत, गंगाराज भट्टराई, राजेन्द्रकुमार अग्रवाल, वर्ण न्यौपाने, गोपाल भट्टराई र देवराज भण्डारीले केन्द्रीय सदस्यमा भिड्दैछन् ।

थापा प्यानलबाट आकाश गोल्छा, निराकार श्रेष्ठ, दीपककुमार अग्रवाल, कपिल सिवाकोटी, शुभाषिश थपलिया, प्रदीपमान प्रधान, दिपककुमार खेतान, यमुना श्रेष्ठ, अमरज्योती र रञ्जित, भवनाथ पाठक (विएन पाठक), दिपेन्द्रकुमार मिश्र, नारायणप्रसाद पौडेल (राजन), नवराज भुषाल, रिद्दी कार्की, प्रकाश सिग्देल, प्रकाश सिग्देल र सगुनवीर कंसाकार लड्दैछन् ।
निर्वाचनले एक अध्यक्षसहित १७ सदस्य छनोट गर्नेछ भने निर्वाचित कार्यसमितिको पहिलो बैठकले अन्य केन्द्रीय पदाधिकारीहरु तोक्नेछ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण