शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

८ वर्षीया बालिकालाई बलात्कार गरेर फरार २१ वर्षपछि पक्राउ

शुक्रबार, २४ मङ्सिर २०७८, १५ : ५४
शुक्रबार, २४ मङ्सिर २०७८

ललितपुरको झम्सिखेलबाट एक जना फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१८ का ४१ वर्षीय राजु थापालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई २०५७ साल असार २३ गते उच्च अदालत पाटनले ३ वर्षको कैद सजाय सुनाएको थियो । 

उनले २०५५ जेठ १२ गते ललितपुर महानगर–१८ मा आफ्नै नाता पर्ने ८ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपेर करणी गरेका अदालतले प्रमाणित गरेको थियो । उनले बालिकालाई करणी गर्न नदिए मारिदिने र करणी गरेबापत १० रुपैयाँ दिने भन्दै घरको कोठामा लगेर जबरजस्ती गरेका थिए । 

केन्द्रीउ अनुसन्धान ब्युरोको टोलीले फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप