८ वर्षीया बालिकालाई बलात्कार गरेर फरार २१ वर्षपछि पक्राउ
शुक्रबार, २४ मङ्सिर २०७८, १५ : ५४
ललितपुरको झम्सिखेलबाट एक जना फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१८ का ४१ वर्षीय राजु थापालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई २०५७ साल असार २३ गते उच्च अदालत पाटनले ३ वर्षको कैद सजाय सुनाएको थियो ।
उनले २०५५ जेठ १२ गते ललितपुर महानगर–१८ मा आफ्नै नाता पर्ने ८ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपेर करणी गरेका अदालतले प्रमाणित गरेको थियो । उनले बालिकालाई करणी गर्न नदिए मारिदिने र करणी गरेबापत १० रुपैयाँ दिने भन्दै घरको कोठामा लगेर जबरजस्ती गरेका थिए ।
केन्द्रीउ अनुसन्धान ब्युरोको टोलीले फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण