रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हिक्मतजंग कार्की र अमेरिकाको 'योङ रिपब्लिकन' का अध्यक्ष हेडन प्याजेटबिच डलासमा भेटवार्ता भएको छ ।
- भेटका क्रममा कार्कीले रास्वपाको राजनीतिक दृष्टिकोण, नेपाल सरकारका प्राथमिकताहरू, नेपालको आर्थिक समृद्धिको लक्ष्य, वैदेशिक लगानी, निजी क्षेत्रको विकास, उद्यमशीलता र रोजगारी सिर्जनाबारे जानकारी गराए ।
- यस भेटवार्ताको उद्देश्य राष्ट्रिय स्वतन्त्र पार्टी र रिपब्लिकन पार्टीबीच संस्थागत सम्बन्ध स्थापना गर्नु रहेको थियो ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हिक्मतजंग कार्की र अमेरिकाको प्रभावशाली राजनीतिक संगठन 'योङ रिपब्लिकन' का अध्यक्ष हेडन प्याजेटबिच डलासमा भेटवार्ता भएको छ ।
अमेरिका भ्रमणमा रहेका कार्कीले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई देशका राजनीतिक दलहरूबीच सहकार्य विस्तार गर्ने उद्देश्यले उक्त भेटवार्ता गरेको जानकारी दिए। प्याजेट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक अभियानमा सक्रिय र प्रभावशाली युवा रिपब्लिकन नेता मानिन्छन् ।
भेटका क्रममा नेता कार्कीले रास्वपाको राजनीतिक दृष्टिकोण, नेपाल सरकारका प्राथमिकताहरू र नेपालको आर्थिक समृद्धिको लक्ष्यबारे प्याजेटलाई जानकारी गराएका थिए ।
कार्कीले विशेषगरी नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई), निजी क्षेत्रको विकास, उद्यमशीलता र रोजगारी सिर्जनामा देशले दिएको प्राथमिकताका बारेमा चर्चा गरे । नेपाल र अमेरिकाबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन नेपाल सधैं इच्छुक रहेको उनले बताए ।
छलफलका अर्को उद्देश्य राष्ट्रिय स्वतन्त्र पार्टी र रिपब्लिकन पार्टीबीच संस्थागत सम्बन्ध (पार्टी-टू-पार्टी रिलेसन्स) स्थापना गर्नु रहेको थियो ।
नेता कार्कीले नेपाल फर्किएपछि रास्वपाको केन्द्रीय नेतृत्वसँग यस विषयमा छलफल गर्ने र दुई पार्टीबीच दीर्घकालीन र औपचारिक सम्बन्ध गाँस्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्कीलाई केही समयअघि रास्वपाले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्य पदमा मनोनीत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण