मन्त्री आले एक्कासि विमानस्थलको शौचालय अनुगमनमा छिरेपछि...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मगरले विराटनगर विमानस्थलमा रहेको शौचालयको अनुगमन गरेका छन् । एक कार्यक्रममा सहभागी हुन शुक्रवार विराटनगर विमानस्थल ओर्लिएका मन्त्री आलेले अचानक शौचालयको अनुगमन गरेका हुन् ।
विमानस्थल परिसरमा फोहोर देखेर मन्त्री आले अचानक शौचालयको अनुगमनमा पुगेपछि विराटनगर विमानस्थलका कर्मचारी अलमलमा परेका थिए । शौचालय अनुगमनपछि उनले शौचालय ठिकै रहेको भन्दै त्यहाँबाट बाहिरिए । विराटनगर ओर्लिएपछि उनले विमानस्थलमा रहेको क्नभियर बेल्ड अनुगमनलगत्तै उनले यात्रुकक्षमा रहेको शौचालयको अनुगमन गरेका हुन् । शौचालयको अनुगमन गर्ने कार्यक्रम अचानक बनेको थियो ।
‘मन्त्रीज्यूले विमानस्थलको अनुगमन गर्ने पूर्व कार्यक्रम थिएन’ प्रमुख खरेलले भने, ‘अचानक मन्त्रीज्यूले विमानस्थलभित्रको यात्रु बाहिरिने कक्षका साथै शौचालयको अनुगमन गर्नुभयो ।’ मन्त्री ज्युको अनुगमन गर्ने कार्यक्रमले एकैछिन त हामी नै अलमलमा परेका थियौं ।’ तर मन्त्रीज्यूले अनुगमनका क्रममा समस्या समाधानका लागि बजेटमार्फत सम्बोधन गर्ने आश्वासन दिएको खरेलले बताए ।
मन्त्री आलेले सोमबार बस्ने मन्त्रिपरिषदको बैठकबाट विराटनगर विमानस्थलका लागि आवश्यक बजेट विनियोजन हुने दाबी गरे । विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलमा स्तरोन्नतिका लागि बजेट अभावमा रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण