आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सुजाता भन्छिन्, ‘हाम्रो टीममा नेपाल समेटिएको छ, नजित्ने कुरै छैन’

दोहोरियो २०१४ सालको इतिहास
शनिबार, २५ मङ्सिर २०७८, ११ : ३९
शनिबार, २५ मङ्सिर २०७८

काँग्रेस नेतृ सुजाता कोइरालाले सबैलाई ‘सरप्राइज’ दिँदै प्रकाशमान श्रेष्ठ क्याम्पमा उभिएकी छिन् । उनले प्रकाशमानको प्यानलबाट उपसभापति पदमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने भएकी हुन् । शनिबार बिहान प्रकाशमानसँगै भेटिएकी सुजाताले रातोपाटीसँगको संक्षिप्त कुराकानीमा १४ औँ महाधिवेशनबाट नयाँ अनुहार ल्याउनका लागि उनलाई आफूले समर्थन गरेको बताइन् । उनले भनिन्, ‘महाधिवेशनबाट नयाँ अनुहार आउनुपर्छ । नयाँ अनुहार आएपछि पार्टीमा नयाँ ऊर्जा आउँछ ।’

प्रकाशमानले जनजातिको प्रतिनिधित्व गर्ने र आफूले महिलाको प्रतिनिधित्व गर्ने भएकाले आफ्नो टिममा पूरा नेपाल समेटिएको जिकिर गरिन् । ‘उहाँ जनजाति, त्यसमाथि महिलालाई पनि सम्मान गर्ने नेता हुनुहुन्छ । उहाँको टिममा मैले पूरा नेपाल समेटिएको देखेँ त्यही भएर समर्थन जनाए । हामीले जित्यौँ भने आगामी चुनावमा जनजाति, महिला, खस आर्य सबैको भोट तान्न सक्छौँ ।’

यसअघि २०१४ सालमा वीपी कोइरालाले सुवर्ण शमशेरलाई अघि सार्दा गिरिजाप्रसाद कोइराला गणेशमान सिंहको क्याम्पमा उभिएका थिए । १४ औँ महाधिवेशनमा गिरिजा पुत्री सुजाता र गणेशमान पुत्र प्रकाशमान एकै ठाउँमा देखिएका छन् । सुजाता भन्छिन्, ‘श्रेष्ठ परिवारले जहिले पनि कोइराला परिवारलाई साथ दिँदै आएको छ । गणेशमानजीले निःस्वार्थ भावले कोइराला परिवारलाई सहयोग गर्नुभएको थियो । मलाई प्रकाशमानकी पनि त्यस्तै लाग्छ । त्यही भएर प्रकाशमानजीलाई मैले समर्थन जनाए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप