तोलामा ३०० ले बढ्यो सुनको मूल्य
मङ्गलबार, २८ मङ्सिर २०७८, ११ : ५१
आज नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको भाउ उकालो लागेको जानकारी दिएको हो । तोलामा ३०० ले बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजाबी सुनको प्रतितोला मूल्य ९२ हजार ३०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० र तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको बताएको छ । हिजो सोमबार चाँदीको भाउ प्रतितोला ११ सय ९० रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण