प्राकृतिक औषधी ‘पारिलो घाम’
जाडो मौसममा चिसोका कारणले सामान्यतया रुघाखोकीलगायत विभिन्न खालका समस्या उत्पन्न हुन्छन् । तर चिसोबाट देखा पर्ने समस्याको सरल र सहज औषधी प्राकृतिक रूपमै छ, त्यो हो ‘पारिलो घाम ।’
त्यसो त व्यस्त दिनचर्याले कतिपयलाई घाम ताप्ने फुर्सद नै हुँदैन । झन् आजकालका युवायुवतीहरु घाममा लामो समय बस्दा छाला डढ्छ भन्ने डरले घाममा बस्न त्यति रुचाउँदैनन् । जबकि जाडो होस् या गर्मी मौसम, घाम ताप्नाले हामी कतिपय रोगहरुबाट छुटकारा पाउन सक्छौँ ।
सामान्य रूपमा धेरैलाई थाहा भएकै कुरा हो कि घामबाट ‘भिटामिन डी’ पाइन्छ, जो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन जान्छ । विशेषतः बिहानको सूर्यको किरणले हाम्रो शरीरबाट धेरै हानीकारक चीजहरु नष्ट गर्न मद्दत गर्छ र आन्तरिक अंगहरुको अक्सिजन बोक्ने शक्ति बढाउँछ । बिहानीको घामले हाम्रो छाती र शरीरका अन्य अंगहरुबाट हानीकारक सुक्ष्म जीवाणु मारेर मुटु, छाती र शरीरका अन्य अंगहरुलाई बलियो बनाउँछ ।
सूर्यको किरणबाट पाइने ‘भिटामिन डी’ले शरीरमा क्याल्सियम सञ्चित गर्दछ, जसले शरीरको हड्डी बलियो बनाउँछ । त्यसैले घाम ताप्नु शरीरको हड्डीको सुरक्षाका लागि निकै फाइदाजनक छ ।
शरीरमा घामको किरण पर्दा शरीरमा सेतो रक्त कोशिका अर्थात् ‘ह्वाइट ब्लड सेल्स’ पर्याप्त मात्रामा निर्माण हुन्छ । शरीरमा सेता रक्त कोशिका सञ्चित हुनुले कुनैपनि बिरामी हुने खतरा कम हुन्छ । यसका साथै घाम ताप्नाले इम्युनिटी पावर बढ्छ । घामले हाम्रो शरीरमा हुन सक्ने धेरै किसिमको ‘इन्फेक्सन’बाट समेत बचाउँछ ।
जाडोमा घाम ताप्नाले पाचन क्रिया मजबुत हुन्छ । यसले पेट तथा पाचन प्रक्रियाका कारण हुन सक्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । घाम ताप्दा शरीरमा मेलाटोनिन हर्मोन उत्पन्न हुन्छ, जसले हामीलाई राम्रोसँग निद्रा लाग्न मद्दत गर्छ । मेलाटोनिन हर्मोनले मानसिक तनाव घटाउँछ, जसले तपाईंलाई राम्रो निद्रा पर्न मद्दत गर्छ ।
नियमित रुपमा घाम ताप्दा कोलस्ट्रोल पनि कम हुन्छ । यसले तौल घटाउन मद्दत गर्छ । साथै हृदयरोग र मुटुका बिरामी लागि पनि बिहानीको घाम ताप्नु उत्तिकै फाइदाजनक छ । अब तपाईं पनि घाम ताप्ने फुर्सद निकाल्ने होइन त ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण