नगर प्रहरी जितु !
चर्चित हास्य कलाकार जितु नेपाल नगर प्रहरी बनेका छन् । उनी सधैका लागि भन्दा पनि बुधबार एक दिनका लागि नगर प्रहरी बनेका हुन् ।
महानगरदिवसको अवसर पारेर बुधबार साँझ बसन्तपुर डबलीमा आयोजित साँस्कृतिक कार्यक्रममा जितु नगर प्रहरीको भेषमा स्टेजमा प्रस्तुत भएका हुन् । जितुलाई नगर प्रहरीको भेषमा स्टेजमा देख्दा दर्शकले ताली र सिठीले साथ दिएका थिए । कार्यक्रममा जितुले नगर प्रहरीका विभिन्न पिडा कमेडीका रुपमा पस्किएका थिए । उनको ब्यङ्ग्यको बिषय नगर प्रहरीले सडकबाट उठाउने सवारी साधन, फुथपार्कका पसल लगाएत रहेको थियो । उनको प्रस्तुतिमा दर्शक निकै रमाउदै वान्स मोरको हुटिङ समेत गरेका थिए ।

‘सधै नर्मल रुपमा स्टेजमा प्रस्तुति दिएकै हो’ जितुले भने ‘केही फरक तरिकाले प्रस्तुत हुँदा दर्शकका लागि पनि नौलो हुने भएकोले नगर प्रहरी बनेको हो ।’ आफु नगर प्रहरी बन्दा धेरै झुकिएको जितुले सुनाए ।
कार्यक्रममा प्रकाश सपुत, मञ्जु पौडेल, प्रिती आले, मिलन नेवार लगायतले आफ्ना चर्चित गीत संगीत मार्फत दर्शक नचाउन सफल भएका थिए ।
जितु पछिल्लो समय केही फुर्सदिलो छन् । कमेडी रियलटी शो ‘मुन्द्रे कमेडी क्लब’ केही अगाडि बन्द गरेका जितु एक फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडीको रुपमा पनि देखिँदैछन् । लण्डन निवासी कपिल रिजालको निर्देशन रहने फिल्ममा जितु साम्राज्ञीको प्रेमीकाको रुपमा देखिन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण