ब्युटिफुल उषा
म्युजिक भिडियो तथा विज्ञापन फिल्ममा बाक्लै देखिने गर्छिन् पूर्व मिस नेपाल उषा खड्गी । म्युजिक भिडियो चर्चाका लागि र विज्ञापन आम्दानीको लागि अभिनय गर्दै आएको उनी बताउँछिन् । उषापछि मिस नेपाल विजेता बनेका थुप्रै ब्यक्ति फिल्म अभिनयमा देखिएका छन् ।

उनले भने अहिलेसम्म एक फिल्म पनि खेलेकी छैनन् । उनलाई फिल्म अभिनय नमिलेको भने होइन । अफरहरु मिल्ने गरेका छन् । फिल्ममा नारीको सशक्त भूमिका नपाएकोले फिल्म अभिनयमा मन मरेको उनले बताइन् ।
‘मिस नेपाल जितेको बेला धेरै र अहिले पनि केही फिल्मको अफर आउने गरेका छन्’ उषाले रातोपाटीसँग भनिन्, ‘मलाई जति पनि फिल्मका अफर आए, ती फिल्मको स्क्रिप्टमा नारीको भूमिका थोरै थियो । त्यसैले पनि फिल्म अभिनयलाई महत्व दिइन ।’

अहिले भने उनले फिल्म अभिनय नगर्ने निर्णय गरेको सुनाइन् । तर फिल्म अभिनयका लागि चित्त बुझ्दो वेब सिरियल पाए आफूले काम गर्ने उनले बताइन् । ‘म्युजिक भिडियो र विज्ञापन चलचित्रमा धेरै काम गरिरहेको छु ।
फिल्म नगरे पनि वेब सिरिज गर्ने भने सोच छ’ उनले थपिन् । उषा सन् २००० की मिस नेपाल विजेता हुन् । उनी पछि देशले करिब डेढ दर्जन मिस नेपाल पाइसकेको छ । उनी भने अहिले पनि पहिले झै ब्युटिफुल देखिन्छन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
-
५०० दरका नक्कली नोटसहित महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण