उत्तर कोरियामा हाँस्न लगाइयो प्रतिबन्ध, यस्तो छ कारण
उत्तर कोरियामा हाँस्नका लागि प्रतिबन्ध लगाइएको छ । ११ दिनसम्मका लागि उत्तर कोरियामा हाँस्न तथा अन्य कुनै पनि प्रकारका खुशीयाली मनाउन रोक लगाइएको हो । उत्तर कोरियाली पूर्वनेता किम जोङ्ग इलको १० औं पुण्यतिथिको पूर्वसन्ध्यामा यस्तो प्रतिबन्ध लगाइएको हो । उत्तर कोरियाले आफ्ना पूर्वनेता किम जोङ्ग इलको पुण्यतिथिका अवसरमा ११ दिनसम्म शोक मनाउने भएको हो ।
उत्तर कोरियामा शोकको यो अवधिमा हाँस्न, खुशी मनाउन तथा मदिरापान गर्न पूर्ण रुपमा रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तर कोरियामा अहिले किम जोङ्ग इलका छोरा किम जोङ्ग उनले शासन गरिरहेका छन् । किम जोङ्ग इलको शोक मनाउनका लागि ११ दिनसम्म कसैले पनि हाँस्न नपाउने, मदिरापान गर्न नपाउने र कुनै प्रकारको खुशी मनाउन नपाउने गरी प्रशासनले आदेश जारी गरेको छ ।
शोकको यो अवधिमा कसैलाई आफ्नो जन्मदिन नमनाउन भनिएको छ । सरकारी आदेश उल्लंघन गर्नेलाई कडा सजायको व्यवस्था गरिएको र आदेश पालना गराउनका लागि ठुलो संख्यामा सुरक्षाकर्मीलाई निगरानीका लागि खटाइएको बताइन्छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्मयका अनुसार उत्तर कोरियामा विगतमा पनि शोकको अवधिमा सरकारी आदेश उल्लंघन गरेको आरोपमा कयौंलाई नियन्त्रणमा लिइएको थियो । तिनलाई वैचारिक अपराधीका रुपमा सजाय दिइएको बताइन्छ ।
उत्तर कोरियाका तत्कालीन सर्वोच्च नेता किम जोङ्ग इलको १७ डिसेम्बर २०११ मा निधन भएको थियो । उनले १७ वर्षसम्म देशमा शासन गरेका थिए । किम जोङ्ग इलको निधनपछि उनका छोरा किम जोङ्ग उन सत्तामा आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण