नाडाको सम्पूर्ण पदाधिकारीको लाग्यो टुंगो, रिजाल र श्रेष्ठले आधा–आधा समय उपाध्यक्षको जिम्मेवारी पुरा गर्ने
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को नयाँ कार्यसमितिको सम्पूर्ण पदाधिकारीहरूको टुंगो लागेको छ । संघको ४५ औं साधारणसभाले निर्वाचित गरेको १ अध्यक्षसहित १८ केन्द्रीय सदस्य र मनोनीत तीन सदस्यहरुबाट चार उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षको टुंगो लगाएको हो ।
निर्वाचित नयाँ कार्यसमितिको बुधबार बसेको पहिलो बैठकबाट चार उपाध्यक्षमा राजनबाबु श्रेष्ठ, सुवास आचार्य र मोहनबाबु खड्का निर्वाचित भएका छन् । अर्को एक उपाध्यक्षको पदमा भने सुनिल रिजाल र निराकार श्रेठले समान मत ल्याएपछि आधा–आधा (१–१ वर्ष) उपाध्यक्षको कार्यभार समाल्ने निर्णय गरेका छन् ।
यस्तै संघको महासचिवमा सुरेन्द्र उप्रेती निर्वाचित भएका छन् । सचिवमा विक्रम सिंघानिया र कोषाध्यक्षमा मिलनबाबु मल्ल निर्वाचित भएका छन्। महासचिव र कोषाध्यक्षमा एक जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
नाडाको ४५ औं साधारणसभा र नयाँ कार्यसमिति चयनका लागि राजधानीमा गत मंसिर २३ गते निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनबाट अध्यक्षमा ध्रुव थापासहित १७ जना केन्द्रीय कार्यसमिति सदस्य निर्वाचित भएका थिए ।
त्यसैगरी, प्रदेशबाट ७ जना सदस्य निर्वाचित भएका थिए भने नाडाले आज ३ जना सदस्य मनोनित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण