एमाले बाँकेका उपसचिव एकीकृत समाजवादीमा प्रवेश
बिहीबार, ०८ पुस २०७८, १४ : २५
नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । आज कोहलपुरमा आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धिताललाई पार्टी प्रवेश गराएका हुन् । धिताल समाजवादीमा प्रवेश गर्नुभएको सो पार्टीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले जानकारी दिए । उनले भने– ‘अन्य कार्यकर्तासँगै उपसचिव पनि यता हाम्रोतिर आउनुभएको हो ।’
शुरुदेखि माधव नेपाल समूहमा रहेर पनि एमाले विभाजन हुँदा धिताल नेपाललाई छोडेर एमालेमै बसेका थिए । आज फेरि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । उनले एमालेमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधि र विधान विपरित चलाउँदै काम गर्ने वातावरण नबनाएको भन्दै असन्तुष्टी पोखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण