शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीमाथि आलोचना बढ्नुको राजनीतिक रहस्य छ : गोकुल बास्कोटा

बिहीबार, ०८ पुस २०७८, १८ : ०४
बिहीबार, ०८ पुस २०७८

नेकपा एमालेका नेता गोकुल बास्कोटाले अर्थमन्त्री जनार्दन शर्मामाथि आलोचना बढ्नुको राजनीतिक रहस्य माओवादीको राष्ट्रिय सम्मेलन रहेको बताएका छन् ।

नेता बास्कोटाले अर्थमन्त्री शर्मा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जालोमा परेको बताउँदै शर्मामाथि आलोचना बढ्नुको रहस्य सोही पार्टीको राष्ट्रिय सम्मेलन भएको बताएका हुन् ।

अर्थतन्त्रका सूचकहरु ओरालो लाग्दा अर्थमन्त्रीमाथि आलोचना बढ्नु स्वभाविक भएपनि प्रचण्डकै खल्तीका मिडियाहरूले शर्मामाथि श्रृखंलाबद्ध हमला जारी राखेको उनले बताएका छन् । 

पूर्वमन्त्री समेत रहेका बास्कोटाले बिहीबार सामाजिक सञ्जालमा लेख्दै भनेका छन्: ‘प्रचण्डकै खल्तीका मिडियाहरूले उनीमाथि श्रृखंलाबद्ध हमला जारी राख्नुको राजनीतिक रहस्यचाहि माओवादीको सम्मेलन रहेछ । महासचिवको दाबी हाप्ने वा अर्थमन्त्री ? सुप्रिमो कै जालोमा शर्मा !’   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप