बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मधुमेहदेखि पेटसम्बन्धी समस्या कम गर्न बिहान खाली पेटमा मेथीको पानी

आइतबार, ११ पुस २०७८, ०९ : २१
आइतबार, ११ पुस २०७८

मेथीबाट तरकारीदेखि लड्डुसम्म विभिन्न परिकारहरु निर्माण हुन्छन् । मेथीको सेवनले धेरै रोगहरु घरमा नै बसीबसी निको समेत हुन्छ । मेथीमा विभिन्न प्रकारका भिटामिनहरु पाइन्छन् । र यसमा मिनरल्स पनि हुन्छ । यसलाई कस्मेटिकको रुपमा पनि प्रयोग गर्न सकिन्छ । बिहान सबेरै उठेर मेथी भिजाएर निकालेको पानी पिउँदा शरीरको दूषित तत्वहरु बाहिर निस्किन्छ भने मधुमेह र कब्जियत कम गर्न सकिन्छ । 

मेथीको पानी कसरी बनाउने ? 
मेथीको पानी बनाउनका लागि डेढ चम्चा मेथीको दाना दुई रात भिजाउने र बिहान उठेर छानेर निस्किएको पानी खाली पेटमा पिउने गर्नुपर्छ । बाँकी भएको मेथीको दाना पुनः प्रयोग गर्न सकिन्छ । ध्यान राख्नुहोस्, मेथी गर्मी हुने भएकाले यसको प्रयोग गर्दा आफ्नो स्वास्थ्य अनुकुल गर्नुपर्छ । 

फाइदाहरुः 
तौल कम गर्न

मेथीमा फाइबर राम्रो मात्रामा पाइन्छ । यसले तौल कम गर्न मद्दत गर्छ । 

कपाल र छालाका लागि 
मेथीको दानामा एन्टिअक्सिडेन्ट हुन्छ । यसले छालालाई स्वस्थ्य राख्न मद्दत गर्छ । यसले छालालाई छिट्टै सफा गर्छ । यसका साथै, कस्मेटिकको सट्टामा पनि यसको प्रयोग गर्न सकिन्छ । मेथीमा हुने प्रोटिनले कपाल झर्न दिँदैन । 

पेटसम्बन्धी समस्या
मेथीको पानीले पाचन तन्त्रलाई तन्दुरुस्त बनाउँछ । पेटसम्बन्धी समस्याहरु छन् भने यसले कम गराउँछ । 

मुटु स्वस्थ राख्न
मेथीको दानाको पानीमा अक्सिडेटिभ स्ट्रेस कम गर्ने क्षमता हुन्छ । साथै, कोलेस्ट्रोल नियन्त्रण गर्न पनि मद्दत गर्छ । 

मधुमेह नियन्त्रण गर्न 
मेथीको दानामा मधुमेह नियन्त्रण गर्ने क्षमता हुन्छ । यसको पानी हरेक दिन सेवन गर्न मधुमेहका रोगीलाई फाइदाजनक हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप