सोलुखुम्बुमा निर्माणाधीन हाइड्रोमा कार्यरत दुई जना इन्जिनियरको मृत्यु
सोलुखुम्बुमा निर्माणाधीन सोलु दुधकोसी हाईड्रोपावरमा कार्यरत दुईजना इन्जिनियरको मृत्यु भएको छ । थुलुङ दुधकोशी गाउँपालिका–३ मा निर्माणधिन हाइड्रोपावरमा कार्यरत ईन्जिनियर अर्जुन थापा र सुवासराज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्स्पेक्टर ऋषिराज ढकालले रातोपाटीलाई बताए ।
पावर परीक्षण गर्न पाइपमा हालेको पानीको फोहोराले उछिट्याउँदा उनीहरुको मृत्यु भएको हो । अछाम घर भएका सुवासराज रेग्मी माच्छापुच्छ्रे मेटल एण्ड मेकानिकल कम्पनीबाट त्यहाँ खटिएका थिए । काभ्रेको धुलिखेल घर भएका अर्जुन थापा सो कम्पनीको कन्सल्ट्यान्ट इन्जिनियर हुन् ।
सोलु दुधकोसी हाईड्रोपावर ८६ मेगावाट क्षमताको बनिरहेको छ । पानिको फोहोरासँगै उछिट्टिएर मोहम्मद जावी अख्तर रहिम घाइते भएका छन् । उनलाई उपचारका लागी काठमाडौंको ग्रान्डी अस्पतालमा ल्याइएको छ । मृतकको शव प्रभु हेलिकप्टरमार्फत काठमाडौंको टिचिङ अस्पतालमा पठाइएको इन्स्पेक्टर ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण