परमिताको चेतावनी : पैसा नदिनेको नाम सार्वजनिक गरिदिन्छु
नायिका तथा मोडल परमिता राज्यलक्ष्मी राणाले आफूलाई पारिश्रमिक नदिनेहरुको नाम सार्वजनिक गर्ने चेतावनी दिएकी छिन् ।
परमिताले आफ्नो इन्स्टाग्राम अकाउन्टको स्टोरीमा यस्तो चेतावनीयुक्त मेसेज पोस्ट गरेकी छिन् ।
परमिताले आफूले मोडिलिङ र अभिनय गरेबापत् पाउनुपर्ने पारिश्रमिक समयमा नै नपाएकोमा असाध्यै दिक्क र वाक्क भएको बताएकी छिन् । आफूले निकै गाह्रोगरी कमाएको आफ्नो पैसा पनि भिक मागे जसरी मागिरहनुपर्ने कुराले पनि उनलाई दुःखी तुल्याएको बताएकी छिन् ।
उनले चेतावनी दिँदै लेखेकी छिन्, ‘म आजित भइसकेँ । असाध्यै आजित भइसकेँ । अब त पारिश्रमिक नदिनेहरुको नाम सार्वजनिक नै गरिदिन्छु ।’
यस्तो गर्नुपर्दा आफूलाई पनि नराम्रो लागेको बताउँदै यो नै अन्तिम उपाय भएको बताएकी छिन् ।
नेपालमा मोडलिङ र अभिनय क्षेत्रमा लाग्न चाहनेहरुका लागि यस्ता कुराहरुले निकै दुःखी तुल्याउने उनी बताउँछिन् ।
आफूले अभिनय गरेको एउटा फिल्मको पूरा पारिश्रमिक एक वर्षपछि मात्रै पाएको पनि उनले खुलासा गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण