एम्बाप्पे जनवरीमा रियल नआउने पक्का

फ्रान्सका स्टार किलियान एम्बाप्पेले तत्काल पेरिस सेन्ट जर्मेन नछाड्ने भएका छन् । सन् २०१८ को विश्वकप विजेता खेलाडीले कनेक्ट द वर्ल्डकी बेकी एन्डरसनसँग कुराकानी गर्दै आफू यो सिजन यही टोलीमा रहने शतप्रतिशत पक्का भएको बताएका हुन् ।
‘म मेरो टोलीलाई च्याम्पियन्स लिग, लिग र कप दिलाउन सबै कुरा दिनेछु । किनभने क्लबका समर्थकहरू यो खुसीको हकदार छन्,’ एम्बाप्पेले भने । २३ वर्षीय खेलाडीको पीएसजीसँगको करार जुन ३०, २०२२ मा सकिँदैछ । उनले अर्को सिजन रियल म्याड्रिड जाने कुरालाई भने नकारेनन् ।
‘के तपाईं अर्को सिजन रियल म्याड्रिडबाट खेल्नुहुन्छ ?,’ भन्ने प्रश्नमा एम्बाप्पेले हाँस्दै अहिले आफ्नो दिमागमा रियललाई फेब्रुअरी र मार्चमा हराउने कुरा मात्र रहेको बताए । एम्बाप्पेको पीएसजीले च्याम्पियन्स लिगको अन्तिम १६ मा १३ पटकको विजेता रियलसँग भिड्दैछ ।
गत अगस्तमा रियलले एम्बाप्पेका लागि १८।८ करोड डलरको अफर राखेको थियो । जसलाई पीएसजीले अस्वीकार गरेको थियो । स्ट्राइकरले त्यतिबेला आफू पीएसजी छाडेर जान चाहेको बताएका थिए । त्यसयता पनि उनी रियल जाने चर्चा चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार