चीन विकास गर्यो अपराधी पत्ता लगाउने प्रविधि, उपकरणले नै लगाउनेछ मुद्दा
चीनले आर्टिफिसियल इन्टेलिजेन्स प्रोसिक्युटर (एआईपी) को विकास गरेको छ । सो अभियोजनकर्ताले अपराधीको पहिचान ९७ प्रतिशत मिलाउने दाबी गरिएको छ । सो यन्त्रले राज्यविरुद्धको असन्तुष्टिलाई पहिचान र अपराधीलाई सजायका लागिसमेत सिफारिस गर्नेछ ।
विकसित नयाँ प्रणाली (एआई) लाई चीनको कम्युनिष्ट पार्टीले दुरुपयाेग गर्न सक्ने र एआईको जवाफदेही काे हुने भन्ने बारेमा चौतर्फी चासो बढेको छ । मुद्दाको मौखिक वर्णनका आधारमा सो यन्त्रले मुद्दा लगाउन सक्ने जनाइएको छ । यन्त्रलाई देशकै ठूलो अभियोजकर्ताको कार्यालय सांघाई पुडोङ पिपुल्स प्रोक्यरेटोरेटले विकसित गरेको हो ।
एआईले वास्तविक अभियोजनकर्ताको ‘लोड’ कम गर्ने र उनीहरुलाई जटिल मुद्दामा मात्र केन्द्रित गर्ने सो उपकरण निर्माण परियोजनका वैज्ञानिक तथा प्राध्यापक सी योङले बताएका छन् ।
सो प्रणाली डेस्कटप कम्प्युटर प्रणालीबाट चल्नेछ । सन् २०१५ देखि सन् २०२० सम्मका १७ हजार वास्तविक घटनामा आधारित मुद्दालाई प्रयोग गरेर एआईपीलाई तालिम दिइएको थियो । त्यस्तै, एआईपीलाई सांघाईका आठ ओटा सबैभन्दा साझा अपराधबारे पहिचान गर्न लगाइएको थियो ।
यन्त्रले क्रेडिट कार्डका ठगी, सामान्य अपराध, जुवा, खतरनाक गाडी हाँक्ने, चोरी, सामान्य ठगी, नियतवश पुर्‍याइने चोट र सरकारी अधिकारीहरुको कार्यमा अवरोधजस्ता विषयमा छानविन गर्नेछ ।
उपकरणले अझै धेरै प्रकारका अपराधको पहिचान गर्ने र शंकास्पदविरुद्ध एकभन्दा बढी अभियोग लगाउन सक्नेछ ।
म्यानेजमेन्ट रिभ्यु जर्नलमा प्रकाशित एउटा पत्रिकामा सीले भनेका छन्, ‘यस प्रणालीले केही हदसम्म निर्णय गर्ने पक्रियामा अभियोजनकर्तालाई विस्थापित गर्नेछ । ’
चीनमा केही एआई प्रविधि कानुन कार्यान्वयन निकायमा प्रयोगमा आएका छन् । तर, अपराधीलाई खानतलासी गर्ने विषयमा भने पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स प्रोसिक्युटर प्रयोगमा ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘च्याटजिपिटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण