अन्तरिक्षमा अहिलेसम्मकै ठूलो जमघट
नयाँ वर्ष २०२२ को पहिलो दिन ७ जना अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) र तीन अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसन मंगोलियामा चक्कर लगाएका छन् ।
नयाँ वर्ष मनाउ गएका अन्तरिक्ष यात्रीको गतिविधिले अन्तरिक्षमा पहिलो पटक ‘भिड’ बढेको रुसी अन्तरिक्ष निकाय रोसकसमोसले जनाएको छ । यसअघि पनि नयाँ वर्षको अवसरमा विभिन्न समयमा अन्तरिक्ष यात्री अन्तरिक्षमा पुगेर नयाँ वर्षका कार्यक्रम मनाएको भए पनि यति ठूलो संख्यामा पुगेको भने पहिलो पटक हो ।
सन् २०२२ को पहिलो दिन १० अन्तरिक्ष यात्रीले पृथ्वीको कक्ष घुमेका थिए । सात जनाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन र तीन जनाले चीनको तियांगोंग अन्तरिक्ष स्टेसनमा घुमेका थिए ।,’ रुसी अन्तरिक्ष निकाय रोसकसमोसले एक विज्ञप्तिमा भनेको छ ।
‘नयाँ वर्षको अवसरमा यो अन्तरिक्ष अनुसन्धानको इतिहासमा नै अहिलेसम्मकै ठूलो जमघट हो,’ सो निकायले अगाडि भनेको छ ।
रोसकसमोसका अनुसार पछिल्लो २१ वर्षमा ३ जना अन्तरिक्षयात्रीले अन्तराष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) मा नयाँ वर्षको ‘इभ’ मनाएका छन् । रसियाली अन्तरिक्ष यात्री एन्टोन साकापलेरोभले सन् २०१२, सन् २०१५, सन् २०१८ र सन् २०२२ गरी चार पटकसम्म नयाँ वर्षमा अन्तरिक्षमा मनाएका छन् ।
यसअघि पनि बिदा मनाउन वैज्ञानिकहरु अन्तरिक्षमा पुग्ने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘च्याटजिपिटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण