चीनले बनायो सूर्यभन्दा पाँच गुणा ताप भएको कृत्रिम सूर्य
चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ । भविष्यमा स्वच्छ उर्जाका लागि मार्ग प्रशस्त गर्न भन्दै उसले कृत्रिम सूर्यको परीक्षण गरेको हो । एक्सपेरियन्सल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामाक (इएएसटी) नाम दिइएको परीक्षणलाई बेइजिङले पारमाणविक फ्युजन भट्टी भनेको छ । ७ करोड डिग्री सेल्सियस ताप भएको सो भट्टीलाई १७ मिनेटभन्दा बढी समय सञ्चालनमा ल्याइएको थियो ।
पछिल्लो परीक्षणले वैज्ञानिकहरुलाई ‘असिमित स्वच्छ उर्जा’ तर्फ अघि बढेको विज्ञहरुले बताएका छन् । साउद चाइन मर्निङ पोस्टको एउटा रिपोर्टअनुसार कृत्रिम सूर्यको तापक्रम ७ करोड डिग्री सेल्सियस थियो । त्यो भनेको वास्तविक सूर्यभन्दा पाँच गुणा तातो हो । कृत्रिम सूर्यको यो तापक्रम १७ मिनेट ३६ सेकेन्डसम्म रहेको थियो ।
हाइड्रोजन र डियुटेरियमलाई उमालेर प्लाज्मा बनाइ सो भट्टीको तापक्रमक सूर्यकोभन्दा पाँच गुणबढी बनाइएको थियो ।
कृत्रिम सूर्य चलाउन जीवाशेष इन्धनको आवश्यकता नपर्ने तथा त्यसले कुनै हानिकारक चिज उत्सर्जन नगर्ने भएकाले यसलाई भौतिकशास्त्रीहरूले वातावरण मैत्री मान्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘च्याटजिपिटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण