अझै सुध्रिएन जीतु र उमेशको सम्बन्ध ?
नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित कार्यक्रम थियो ‘मुन्द्रेको कमेडी क्लब’ । जीतु नेपाल होष्ट रहेको कार्यक्रम केही अगाडि बन्द भएको थियो । जीतु आफैले पत्रकार सम्मेलन गर्दै कार्यक्रम बन्दको घोषणा गरेका थिए ।
उक्त कार्यक्रम शो बन्द गर्नुको कारण प्रमुख पात्र मध्येका एक राई अर्थात ‘फुलन्देकी आमा’ लाई दोष दिइएको थियो । त्यसका केही समयपछि उमेशले भने आफ्नो कारण कार्यक्रम बन्द नभएको मिडियामार्फत बताए । कार्यक्रमका विषयमा देखिएको जीतु र उमेशको विवादमा मिडियामा धेरै समाचार बने ।
यतिबेला उमेश भने नयाँ कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन्स’ को होस्टका रुपमा देखिन लागेका छन् । जीतु फेरि ‘मुन्द्रेको कमेडी क्लब’ ल्याउने तयारी गरिरहेका छन् । उमेशको ‘कमेडी क्लब विथ च्याम्पियन्स’ बुधबार आयोजित एक कार्यक्रममा घोषणा सहित मिति समेत सार्वजनिक भयो ।
कार्यक्रममा उमेशलाई ‘मुन्द्रेको कमेडी क्लब’ को नयाँ स्वरूप र यसमा उपस्थितिको बिषयमा पनि प्रश्न सोधियो । उमेशले भने प्रश्नको जवाफमा ‘मुन्द्रेको कमेडी क्लब’ का बिषयमा आफूलाई केही जानकारी नभएको र जीतुसँग पनि कुनै सम्पर्क समेत नभएको बताए ।
‘मुन्द्रेको कमेडी क्लब’ निर्माण संस्थाले नै बनाएको कार्यक्रम घोषणामा जीतुको पनि उपस्थिति थिएन । ‘मुन्द्रेको कमेडी क्लब’ आउँदै गर्दा धेरैले जीतु र राई एकसाथ फेरि देखिने अनुमान गरिरहेका छन् । तर कार्यक्रमको बिषयमा उमेशले आफुलाई थाहा नभएका बताउँदा जीतु र राईको सम्बन्धमा अझै चिसोपन रहेको अनुमान गर्न कुनै गाह्रो पर्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण