प्रयोगकर्तालाई ट्रयाकिङ गरेको आरोपमा गुगल र फेसबुकलाई फ्रान्सको २१ करोड युरो जरिवाना
फ्रान्सको तथ्यांक गोपनियता वाचडगले बिहिबार गुगल र फेसबुकलाई संयुक्त रुपमा २१ करोड युरो जरिवाना लगाएको छ ।
फ्रान्सेली निगरानी आयोग सीएनआईएलले गुगललाई १५ करोड र फेसबुकलाई ६ करोड युरो जरिवाना लगाउने योजना बनाएको छ ।
फ्रान्सेली प्रयोगकर्तालाई कुकी ट्र्याकिङ टेक्नोलोजी सजिलै अस्वीकार गर्न अनुमति दिन असफल भएकोमा उक्त कारबाही गरिएको बुधबार प्रकाशित एक रिपोर्टमा भनिएको छ ।
नियामकका अुनसार यदि कम्पनीले यो आदेश तीन महिनाभित्र पालना नगरेमा उनीहरुलाई प्रतिदिन १ लाख युरोको अतिरिक्त जरिवाना भर्नुपर्ने हुन्छ ।
‘हामी आयोगको निर्णयमाथि समीक्षा गरिरहेका छौं र सम्बन्धित निकायसँग काम गर्न प्रतिबद्ध छौं,’ मेटाका प्रवक्तालाई उद्धृत गर्दै उक्त रिपोर्टमा भनिएको छ ।
‘हाम्रो कुकी कन्सेन्ट कन्ट्रोल्र्सले मानिसलाई आफ्नो डाटामा थप नियन्त्रण प्रदान गर्दछ । फेसबुक र इन्स्टाग्राममा नयाँ सेटिङ मेनुसहित जहाँ मानिसहरुले कुनै पनि समयमा आफ्ना निर्णयहरु पुनः हेर्न र व्यवस्थापन गर्न सक्छन् । हामी यी नियन्त्रणहरु विकास र सुधार गर्न जारी राख्नेछौं,’ प्रवक्ताले थपेका छन् ।
यसबारे गुगलले भने केही प्रतिक्रिया दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण