ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा
शनिबार, २४ पुस २०७८, १० : ३८
प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न ओली निवास बालकोट पुगेका छन् ।
शुक्रबार बसेको सत्तारुढ गठबन्धनको बैठकले निरन्तर भइरहेको संसदमा अवरोध र सर्वदलीय बैठकमा ओली अनुपस्थित भएपछि ओलीसँग भेटवार्ता गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो ।
सोही बैठकको निर्णयअनुसार संसदको अवरोध हटाउने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा ओली निवास पुगेका हुन् ।
ओली आफूलाई सरकारबाट विस्थापित गरेकोमा, एमाले फुटाउन अध्यादेश ल्याएको र सभामुखले समेत सहयोगी भूमिका खेलेको भन्दै रुष्ट छन् ।
एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीलाई अवैध भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । त्यस्तै अमेरिकी सहयोग परियोजना एमसीसीबारेको छलफलमा पनि एमाले सहभागी हुने गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण