अन्तरिक्षमा शक्तिशाली टेलिस्कोप तैनाथ, आकाशगङ्गाको उत्पत्तिका बारेमा अध्ययन गरिने
जेम्स वेब टेलिस्कोपले दुई हप्ता लामो तैनाथ गर्ने चरण पूरा गर्दै यसको विशाल, सुनौलो रंग र फूल आकारको ऐनालाई उजागर गरेको छ । वैज्ञानिकहरूले यस टेलिस्कोपको मद्दतले ब्रह्माण्डको इतिहासलाई अध्ययन गर्ने तयारी गरेका छन् ।
टेलिस्कोपमा ६.४ मिटरको ऐनाको अन्तिम भाग तैनाथ भएको जानकारी नासाले दिएसँगै मेरिल्याण्डको बाल्टिमोरमा रहेको स्पेस टेलिस्कोप साइन्स इन्सिटिच्युटका इन्जिनियरहरूले खुसीयाली मनाएका थिए । ‘म निकै भावुक भइरहेको छ, यो अद्भुत कोशेढुंगा हो,’ नासाका वरिष्ठ इन्जिनियर थोमस जुरबुचेनले भने ।

१० अर्ब डलरमा तयार गरिएको वेब टेलिस्कोप हबल स्पेस टेलिस्कोपभन्दा पनि शक्तिशाली रहेको छ । यसले १३.७ अर्ब वर्ष पहिले बनेका पहिलो तारा र आकाशगङ्गाहरूको बारेमा अध्ययन गर्न त्यतिबेला उत्सर्जित प्रकाशको स्क्यानिङ गर्नेछ । यसलाई हासिल गर्न नासाले वेबमा ठुलो र संवेदनशील ऐना राखिएको छ । यसलाई वैज्ञानिकहरूले यसको नाम ‘गोल्डन आई (सुनौलो आँखा)’ राखेका छन् ।
ऐनालाई रकेटमा अटाउन नसकिने हुँदा यसलाई फोल्ड गरेर अन्तरिक्षमा पुर्याइएको थियो । अन्तरिक्षमा पुगेपछि त्यसलाई पुनः खोलिएको थियो । नासाले यो प्रक्रिया निकै जटिल र अहिलेसम्मकै चुनौतीपूर्ण काम भएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘च्याटजिपिटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण