आँचलका श्रीमानको तुलना सलमान खानसँग भएपछि...
नायिका आँचल शर्मा सञ्चार माध्यमलाई अन्तर्वार्ता दिने क्रममा केही न केही भाइरल क्लिप दिने गरी बोल्ने गरेकी छन् । वैवाहिक बन्धनमा बाँधिएलगत्तै एक अन्तर्वार्तामा उनले आफ्ना श्रीमान् उदीप श्रेष्ठ बलिउड अभिनेता सलमान खान जस्तै लाग्ने बताएकी थिइन् । सो अभिव्यक्तिलाई लिएर आँचल ट्रोलको सिकार बनिन् ।
यो केही वर्षअघिको कुरा हो । तर, अहिलेसम्म पनि सलमान र उदिपको तस्बिर जोडेर ट्रोल बनाउने अनि रमाउने जमात हटेको छैन।
केही समय अगाडी अभिनेता सलमान खानको जन्मदिन थियो । यही मौका छोपेर धेरैले तस्बिरहरू जोडेर ट्रोल बनाउन पछि परेनन् । आफूलाई ट्रोल बनाइएको विषयमा पनि आँचल पनि रमाउन थालेको देखिन्छ ।
अघिल्लो साता तेलगु फिल्म ‘हिटम्यान’को घोषणा कार्यक्रममा सञ्चारकर्मीले आँचललाई यही विषयमा प्रश्न गरे । उनले पनि हाँस्दै जवाफ दिइन्, ‘मलाई सलमान खान पहिलेदेखि मन पर्ने हो । उहाँको काम, बडी सबै मनपर्छ । मैले त्यही हिसाबले मेरो श्रीमान मनपर्छ र उहाँजस्तो लाग्छ भनेकी थिएँ । अव राम्रो मान्छेसँग तुलना हुँदा खुसी नै छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण