म्यानमारको ‘मिसेस ग्रान्ड इन्टरनेशनल’ मा नेपालको प्रतिनिधि उर्मिला
सोमबार, २६ पुस २०७८, ११ : ०६
म्यानमारको माण्डलेमा आगामी अप्रिलमा आयोजना हुने ‘मिसेस ग्रान्ड इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व उर्मिला उप्रेती सिलवालले गर्ने भएकी छन् । रिवन इन्टरटेनमेन्टले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगी सार्वजनिक गरेको हो । कार्यक्रममा उर्मिलालाई ‘मिसेस ग्राण्ड इन्टरनेशनल नेपाल २०२१’ चयन समेत गरिएको छ ।
कार्यक्रममा पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवाल, सौन्दर्य प्रतियोगिता संघकी उपाध्यक्ष रमी श्रेष्ठ बज्राचार्य, पत्रकार विदुर गिरी, गायक तथा नेपाल आयल निगमका पूर्व निर्देशक सीताराम पोखरेल र पेजेन्ट निर्देशक निशुकान्त झाले उर्मिलालाई क्राउन तथा स्यास पहिराएका थिए ।
मिसेस ग्राण्ड इन्टरनेशनल नेपालको उपाधि लगाएपछि उर्मिलाले मिसेस ग्राण्ड इन्टरनेशनमार्फत नेपाललाई विश्वसामु चिनाउन प्रयास गर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै