वैज्ञानिकको दाबी : मानिसको आयु १८० वर्षसम्म हुन सक्छ
विश्वका धेरै मुलुकमा मानिसहरूको औसत आयु ६० देखि ६५ वर्ष रहेको छ । यसैबीच वैज्ञानिकहरूले मानिसको आयु बढाउन लगातार नयाँ–नयाँ प्रयोग गरिरहेका छन् । एक वैज्ञानिकले यस्तो सम्मको दाबी गरेका छन् कि चाँडै नै मानिस १८० वर्षसम्म बाच्न सक्छन् । तर यो अहिले नै होइन ।
अबको ८० वर्षमा मानिसको आयु १३० वर्ष सम्म हुन सक्ने ती वैज्ञानिकको दाबी छ । उनका अनुसार शताब्दीको अन्त्यसम्ममा मानिसको आयु १८० वर्षको हुन सक्नेछ यो अचम्म लाग्दो दाबी एचइसी मन्ट्रियलका प्राध्यापक लियो बेल्जिलले गरेका हुन् । सबैभन्दा बढी उमेरका व्यक्तिको जीवित रहेको रेकर्ड २१०० सम्ममा तोडिन सक्ने उनको भनाइ छ । हाल सबैभन्दा बढी उमेरसम्म जीवित रहेको रेकर्ड फ्रान्सकी जिन कालमेन्टको नाममा छ । उनको मृत्यु १२२ वर्षको उमेरमा १९९७ मा भएको थियो ।
लियो बेल्जिलका अनुसार यदि मानिस धेरै उमेरसम्म जीवित रहे भने कयौँ किसिमका समस्याहरू पनि साथमा लिएर आउन सक्छन् । जसमा शरीरका केही अङ्गले काम गर्न छाड्ने र चिकित्सा खर्च पनि बढ्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण