मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा
शनिबार, ०१ माघ २०७८, ०८ : ५८
मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार राति कोमोरोसलाई २-० ले पराजित गर्दै मोरोक्कोले समूह चरणमा लगातार दोस्रो जित निकालेको हो ।
१६औँ मिनेटमा सेलिम अमाल्लहले गरेको गोलबाट मोरोक्कोले अग्रता बनायो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा जाकारिया ओबउख्लालले गोल गरेपछि मोरोक्कोले जितसँगै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो ।
प्रतियोगिताअन्तर्गत समूह ‘सी’ मा रहेको मोरोक्कोले दुई खेलबाट ६ अंक जोडेको छ । उसले एक खेलअगावै नकआउट यात्रा तय गर्यो । दुई खेल खेल्दा पनि अंकविहीन रहेको कोमोरोस तालिकाको पुछारमा छ ।
अन्य खेलमा गाबोन र घाना १-१ को बराबरीमा रोकिँदा समूह ‘बी’ को खेलमा मलावीले जिम्बाबेलाई २-१ ले पराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण