स्कुलको ब्यागबाट बच्चाको निगरानी, हुवावेले ल्यायो स्मार्ट ब्याग
चिनियाँ कम्पनी हुवावेले नयाँ स्मार्ट स्कूल ब्याग ल्याएको छ । यसको सहयोगबाट अभिभावकलाई बच्चाको सुरक्षा गर्न सहयोग मिल्ने छ । यो ब्यागमा हुवावेले एलसीडी डिस्प्ले, स्मार्ट सेडुलिङ फीचर्स र बच्चाको लोकेशन पत्ता लगाउन जीइपीएस कनेक्टिभिटी राखेको छ । हाल यो उत्पादनको परीक्षण भइरहेको छ ।
हुवावे आफ्ना स्मार्टफोन, ल्यापटप, स्मार्टवाच र कम्युनिकेशन हार्डवेयरजस्ता उत्पादनका लागि प्रख्यात छ ।
एपबाट यसरी मिल्नेछ स्मार्ट कनेक्टिभिटीः
यो स्मार्ट ब्यागको नाम हो हुवावे ‘यूएम स्मार्ट पोजिसनिङ चिल्ड्रेन्स स्कूल ब्याग’ । यो ब्यागको हुवावे स्मार्ट लाइफ एस र हार्मनी ओएससँग सम्पर्क हुन्छ । गिजमोचाइनाको रिपोर्ट अनुसार हुवावे स्मार्ट लाइफ ऐपसँग अभिभावक बच्चासँग घर, स्कूल र अर्को स्थानसँग सम्पर्क राख्न सक्छन् । कुनै विशेष ठाउँ जस्तै घर, स्कूल वा पार्कमा बच्चा पुग्ने बित्तिकै एपमा अलर्ट आउँछ ।
अभिभावकलाई एपको माध्यमबाट बच्चाको लोकेशन रियल टाइममा मिल्छ अर्थात् उनीहरुले आफ्नो बच्चा यो समयमा कहाँ छ भन्ने थाहा पाउनेछन् । स्मार्ट स्कूल ब्यागले हाई–फ्रिक्वेन्सी मोडसहित एपमा प्रयोगको रिपोर्ट प्रदान गर्छ । यो ट्रयाकिङ फीचरमा ब्यागमा हुने जीपीएस कार्यका साथ काम गर्नेछ । चाजै गर्न मिल्ने ब्याट्रीमार्फत् ब्यागमा पाइने सुविधाले धेरै दिनसम्म काम गर्छ र यसलाई धेरैदिनसम्म चार्ज गर्नु पनि गर्दैन ।
स्मार्ट ब्यागको मूल्य १३ हजार रुपैयाँः
यो ब्यागको तौल ०.९ किलोग्रामको छ । कम्पनीले यसलाई दुईवटा रङ स्टारी नाइट ब्ल्यू र मर्निङ पिंकमा लिएर आएको छ । यो ब्यागलाई हुवावे मलबाट ६९९ युआनमा खरिद गर्न सकिन्छ । अर्थात् यसको मूल्य १३ हजार रुपैयाँभन्दा बढी पर्छ । सुरुवाती परीक्षणपश्चात् पाइने फिडब्याकको आधारमा यो सबैका लागि सार्वजनिक गरिने कम्पनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण