लता मंगेशकर अझै आइसियूमा, डाक्टर भन्छन्, 'स्वास्थ्यलाभको कामना गर्नुस्'
बिहीबार, ०६ माघ २०७८, ११ : ३०
स्वरकी रानी भारतकी प्रसिद्ध गायिका लता मंगेशकर कोरोना संक्रमणका कारण अस्पतालमा भर्ना भएकी छिन् । उनको आइसियूमा राखेर उपचार भइरहेको छ । उनी गत जनवरी ८ देखि अस्पतालको आइसियूमा छिन् । उनको स्वास्थ्य स्थितीको बारेमा डाक्टरहरुले अपडेट दिइरहेका छन् ।
लता मंगेशकरका डाक्टर प्रतित समदानीले लताको स्वास्थ्य स्थितीको बारेमा फेरि एकपटक जानकारी दिएका छन् । उनले भनेका छन्, 'लता जी अझै पनि आईसियूमा हुनुहुन्छ । उहाँको उपचार भइरहेको छ । यसभन्दा बढी केही बताउन असमर्थ छौँ । उहाँको स्वास्थ्यलाभको कामना गर्नुहोस् ।'
लता ९२ वर्ष पुगेकी छन् । उनलाई कोरोनासँगै निमोनिया पनि भएको छ । डाक्टरहरुले उनको उमेर बढी भएकाले धेरै सतर्क भएर उपचार गराइरहेका छन् । डाक्टरले अझै १० देखि १२ दिन अस्पतालमा नै राख्ने जानकारी पनि दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण