इन्स्टाग्राममा हुनेछ मोटो कमाई, लञ्च भयो नयाँ फिचर
इन्स्टाग्रामले कन्टेन्ट क्रियटर्सलाई पैसा कमाउने अर्को एउटा तरिका दिइरहेको छ । मेटाको फोटो र भिडियो शेयरिङ एप इन्स्टाग्रामले सब्सक्रिप्सन फिचर जारी गरेको छ । यो फिचर अघिल्लो वष नोभेम्बरमा देखिएको थियो ।
यद्यपि, इन्स्टाग्रामले यसलाई केही अमेरिकी क्रिएटर्सका लागि पनि उपलब्ध गराएको छ । यो फिचरको मद्दतले क्रिएटर्सले आफ्ना पेड फलोअर्सका लागि एक्सक्लुसिभ इन्स्टाग्राम लाइभ भिडियो र स्टोरीमा पहुँच दिन सक्नेछन् ।
यतिमात्रै होइन सब्सक्राइबर्सले पनि एउटा विशेष ब्याच पाउनेछन् जसले उनीहरुलाई क्रिएटर्सको कमेन्ट सेक्सन र इनबक्समा अन्य प्रयोगकर्ताभन्दा भिन्न पहिचान दिनेछ । इन्स्टाग्रामले यो फिचरलाई १० अमेरिकी क्रियटर्ससँग लाइभ गरेका छन् । एपले यसलाई अल्फा टेस्ट मानिरहेको छ । अर्थात्, क्रियटर्सले यो फिचरलाई प्रयोग गरेर सर–सल्लाह दिनेछन् ।
सब्सिक्रिप्सनको कुरा गर्ने हो भने क्रियटर्सलाई आफ्नो सामग्रीको मूल्य निर्धारण गर्न स्वतन्त्रता हुनेछ । ०.९९ डलरदेखि ९९.९९ डलर प्रति महिनाको बीचमा क्रियटर्सले ८ प्राइस पोइन्ट पाउनेछन् । सब्सक्रिप्सनपछि प्रयोगकर्ताले स्टोरी हाइलाइट्सजस्ता सब्सक्राइबर्स–ओन्ली कन्टेन्टको एक्सेस पाउनेछन् ।
एक्सक्लुसिभ ब्रोडकास्ट सुरु भएपछि प्रयोगकर्ताले यसबारे सूचना पाउनेछन् । यो सब्सक्राइबर्सका लागि हुने भएकोले यसमा प्रयोगकर्ताको संख्या कम हुनेछ । यसमार्फत् फलोअर्स उत्कृष्ट तरिकाले कन्टेन्ट क्रियटर्ससँग जोडिन सक्छन् । सब्सक्राइबर्स–ओनली स्टोरिज पर्पल रिङसँग देखिनेछ ।
हाल क्रियटर्सले एनालिटिक्समा कुनै भिन्न सब्सक्रिप्सन सेक्सन भने पाउनेछैनन् तर उनीहरुले सब्सक्रिप्सनबाट हुने कमाईको जानकारी भने पाउनेछन् । क्रिएटर्सले सब्सक्रिप्सनबाट कमाई, जम्मा सब्सक्राइबर्स, नयाँ सब्सक्राइबर्स र क्यान्सिलेशनको जानकारी सब्सक्रिप्सन सेटिङबाट पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘च्याटजिपिटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण