अन्तरिक्षमा रुसी अवशेषसँग ठोक्किनबाट मुस्किलले बच्यो चिनियाँ स्याटेलाइट
अन्तरिक्षमा चिनियाँ स्याटलाइट रुसको पुरानो स्याटलाइटको टुक्रासँग ठोक्किनबाट मुश्किलले बचेको छ । चिनियाँ अन्तरिक्ष एजेन्सीका अनुसार चीनका वैज्ञानिकले यो टक्‍करलाई ठूलै मिहिनेतबाट बचाएका छन् ।
चाइना नेशनल स्पेस प्रशासनको अन्तरिक्षमा निगरानी राख्ने संस्थाले मंगलबार सिंघुवा साइन्स स्याटलाईट १४.५ मीटर लामो अन्तरिक्षको फोहोरबाट मुश्किलले बचेको जनाएको छ ।
यो टक्करबाट अन्तरिक्षमा रहेका अन्य स्याटलाइटलाई पनि गम्भीर खतरा पैदा हुन सक्थ्यो ।
रुसको एन्टी स्याटलाइट परीक्षणबाट उत्पन्न भएको थियो टुक्रा
हङकङको साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार स्याटलाइटको यो टुक्रा गत वर्ष नोभेम्बरमा रुसको एन्टी स्याटलाइट मिसाइल परीक्षणबाट उत्पन्न भएको थियो । चिनियाँ अन्तरिक्ष एजेन्सीले रुसको मिल्किएको अवस्थामा रहेको यो टुक्रा भविष्यमा अर्को स्याटलाइटका लागि खतरा बन्न सक्ने जनाएको छ । रुसले १५ नोभेम्बरमा एस–५०० मिसाइल सिस्टमको माध्यमबाट लामो समयसम्म निष्क्रिय रहेको सोभियत जासुसी उपग्रहलाई विष्फोट गराइदिएको थियो । यो स्याटलाइटलाई सन् १९८२ मा लञ्च गरिएको थियो ।
रुसको स्याटलाइटबाट पैदा भएका थिए १५ सय टुक्राः
रुसको यो एन्टी स्याटलाइट मिसाइल परीक्षणबाट अन्तरिक्षमा करीब १,५०० टुक्रा उत्पन्न भएको थियो । यो टुक्रा आफ्नो कक्षमा तीव्र रुपमा पृथ्वीलाई घुमिरहेको थियो । यो परीक्षणपछि अमेरिकाले रुसको कडा आलोचना गरेको थियो । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनले यसलाई रुसको लापरवाहीको संज्ञा दिएका थिए ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यो टुक्राबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएम) मा रहेका अन्तरिक्ष यात्रीको सुरक्षामा पनि खतरा आउन सक्ने बताएको थियो । आइएसएले रुसी एन्टी मिसाइलको परीक्षणपछि नोभेम्बरको अन्त्यमा एक अन्तरिक्ष यात्रा स्थगित गरेको थियो ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनलाई दुई गुणा खतराः
न्यूज पोर्टल स्पेसपोलिसीअनलाईन डट कमका अनुसार नासा आइएसएसका प्रोग्राम निर्देशक रोबिन गेन्टेसले नासाको सल्लाहकार समितिलाई बताए अनुसार रुसको यो परीक्षणबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनका लागि जोखिम दुई गुणाले वृद्धि भएको उल्लेख छ ।
भविष्यमा पनि चिनियाँ स्याटलाइटलाई हुन सक्छ खतरा
अन्तरिक्ष भग्वावशेष विशेषज्ञ तथा चिनियाँ अन्तरिक्ष स्टेशनमा अवशेषमाथि निगरानी राख्ने एजेन्सीका उप निर्देशक लियू जिङले भने, ‘स्याटलाइट र अवशेषबीचको दुरी सामान्य अवस्थामा केही किलोमीटरको हुन्छ । यद्यपि, केही मीटरको दुरीले दुर्लभ घटना निम्त्याउँछ।’
नोभेम्बरमा रुसी मिसाइल प्रहार भएपछि चीनले अवशेषहरुको निगरानी गरिरहेको छ । यसको अधिकांश भाग पृथ्वीबाट ४०० देखि ११०० किमीको उचाइमा घुमिरहेका छन् । यसै क्षेत्रमा चीनका सयौँ स्याटलाइट रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण