आकासियो दैनिक उपभोग्य वस्तुको मूल्य, दैनिक गुजारा गर्नै धौधौ
उफ ! महँगी’ । लामो स्वास लिँदै फूलमाया तामाङ भन्छिन्, ‘कसरी बालबच्चा पाल्ने ? कसरी आफू बाँच्ने ? सारै गाह्रो भयो ।’ अनामनगरमा कोठा भाडामा लिएर बसेकी फूलमायाले प्रत्येक महिना कोठा भाडाबापत ७ हजार रुपैयाँ तिनुपर्छ ।
फूलमाया अरूको घरमा भाडा माझ्ने र लुगा धोएर छोरा छोरी पाल्ने गर्छिन् । ‘महिनामा १०/१५ हजार रुपैयाँ कमाइ हुँदा पहिला त खान पुग्थ्यो । अहिले त महिनाभरि खानै पुग्दैन,’ उनले भनिन् ।
दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएपछि बच्चालाई कसरी पाल्ने, घरको चुलो कसरी बाल्ने चिन्ता बढेको छ उनलाई । दुःखेसो पोख्दै तामाङ भन्छिन्, ‘बजारमा सामान किन्न जाँदा छोइसक्नु छैन महँगीले ।’
‘बजारमा एक किलो चिनीको १ सय रुपैयाँ पर्छ, तेल, दाल, चामल, गेडागुडी सबै उतिकै महँगो छ । कसरी किनेर खाने ?’ फूलमायाले भनिन्, ‘चिसो छ तर चिनी महँगो भएकाले घरमा चिया पकाउन छोडिसकेकी छु । कमाइले नधानेपछि हप्ताको एक दिन छोरा छोरीलाई कुखुराको मासुसमेत खुवाउन छाडिसकेको छु ।’
फूलमाया तामाङ त एउटा उदाहरण मात्र हुन् । पछिल्लो समय महँगीले आकास छोएपछि सर्वसाधारणलाई दैनिक गुजारा गर्न कठिन भएको छ । सरकारी निकाय भने बजार महँगीलाई नियन्त्रण गर्न छोडेर मूकदर्शक बनेर बसेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण