प्रदेश १ मा एक हजार २८३ मा संक्रमण, कुन जिल्लामा कति संक्रमित ?
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा एक हजार २८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा एक हजार ४९२ जनाको पिसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा ३६७, सुनसरीमा २४२, झापामा १६८, धनकुटामा सात, उदयपुरमा छ, इलाममा चार, खोटाङमा तीन, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका ४५ जनामा सङ्क्रमण देखिएको हो ।
स्थानीय पालिका अनुसार सबै भन्दा बढी विराटनगर महानगरपालिकामा २७६, सुनसरीको धरानमा १२१, इटहरी उपमहानगपालिका ७६, मोरङको बेलबारीमा ३६, झापाको विर्तामोडमा ३१, दमक नगरपालिकामा ३७ र कन्काई नगरपालिकामा २० सहित प्रदेशको ५७ वटा पालिकामा सङ्क्रमित देखिएका छन् ।
प्रदेशमा आजै १०७ महिलासहित २४३ जना कोरोना सङ्क्रणमुक्त भएका छन् भने एक महिलासहित तीन जनाको मृत्यु भएको र छ हजार ४५४ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
-
बाल सुधार गृहको अवस्था नाजुक: क्षमताभन्दा बढी बालबालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी
-
नेतान्याहूलाई पक्राउ गर्न खोजिरहेछन् न्यूयोर्कका मेयर ममदानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण