माओवादी प्रदेश १ समितिको दोस्रो बैठक : आठ जिल्लामा संयोजक तोकिए
नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको दोस्रो बैठकले विभिन्न आठ जिल्लामा संयोजक तोकेको छ । विराटनगरको विष्णुमाया पुस्तकालयमा मंगलबार बसेको बैठकले खोटाङमा दिपक पाण्डे, उदयपुरमा बिनोद कट्वाल, सोलुखुम्बुमा असिम राई, भोजपुरमा नगेन्द्र भुजेल, तेह्रथुममा इम्जुङ, संखुवासभामा टेकमान राई, पाँचथरमा होमबहादुर जबेगु र इलाममा सोममाया राईलाई संयोजक तोकेको हो ।
बैठकले प्रदेश कार्यालयको इन्चार्जमा टंक गिरी र सचिवमा मातृका बराललाई जिम्मेवारी दिएको भने पार्टीको प्रदेश कार्यालयको आफ्नै भवन बनाउने निर्णयसमेत गरेको छ । यस्तै, राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत दिन आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यलाई बैठकले निर्देशन पनि दिएको छ ।
उक्त बैठकले विभिन्न तीन कार्यदल पनि गठन गरेको छ । जसमा उपाध्यक्ष शिवकुमार डाँगी संयोजक रहेको उत्पादन सम्बन्धी अध्ययन कार्यदल, उपाध्यक्ष मणिकुमार साम्पाङ संयोजक रहेको सूचना प्रविधि उपयोग सम्बन्धी अध्ययन कार्यदल र उपाध्यक्ष देवान चाम्लिङ संयोजक रहेको सर्भेक्षण कार्यदल छ ।
पार्टीले आगामी फागुन÷चैतसम्म संगठनात्मक अभियान चलाउने भएको छ । यस्तै वडा तहसम्म महाधिवेशनको मूल भाव सम्प्रेषण गर्न प्रशिक्षण आयोजना गर्ने, पार्टीले गरेका कामको प्रचार गर्ने, एक वडामा न्यूनतम ३ टोल कमिटी निर्माण गर्ने, एक टोल कमिटी ३ सेल कमिटी निर्माण गर्ने, जनवर्गीय संगठन र मोर्चाको बाँकी सम्मेलन वडादेखि गर्दै वैशाखसम्म प्रदेश सम्मेलन गर्ने, पार्टी सदस्यता थप १ लाख ५० हजार जनालाई वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै पालिका अधिवेशन गर्न बाँकी पालिकालाई माघ मसान्तसम्ममा अधिवेशन सम्पन्न गर्न बैठकले निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
-
बाल सुधार गृहको अवस्था नाजुक: क्षमताभन्दा बढी बालबालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी
-
नेतान्याहूलाई पक्राउ गर्न खोजिरहेछन् न्यूयोर्कका मेयर ममदानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण