एप्पलको बिक्रीमा वृद्धि, अनुमान गलत साबित
माइक्रोचिप्सको विश्वव्यापी स्तरमा कमी हुँदाहुँदै पनि क्रिसमसका बेला एप्पलको बिक्रीमा वृद्धि भएको छ ।
सबै अनुमान गलत बताउँदै अक्टोबरदेखि डिसेम्बरका बीच एप्पलको बिक्री ११ प्रतिशत बढेर १२३.९ अर्ब डलर भएको छ ।
बजार बन्द भएका कारण व्यापारमा कम्पनीको शेयरमा चार प्रतिशतको वृद्धि भएको छ किनभने रिपोर्टमा बताइए अनुसार कम्पनीले पाएको यो बढोत्तरी जारी रहनेछ ।
कोरोना महामारीका बेला मानिस धेरै समय अनलाइन नै बसेका कारण एप्पलको बिक्री बढेको हो ।
विशेषज्ञले अघिल्लो वर्ष विश्वव्यापी स्तरमा माइक्रोचिप्सको कमीका कारण एप्पलको विक्री प्रभावित हुनसक्ने चेतावनी दिएका थिए ।
तर बिहिबार कम्पनीले आफ्ना लगानीकर्तालाई त्रैमासिक आँकडाको जानकारी दियो जसबाट यो थाहा हुन्छ कि कम्पनी यो संकटबाट बच्न सफल भएको छ ।
विशेषज्ञले आइप्याडको बिक्री सबैभन्दा बढी प्रभावित हुने अनुमान लगाएका थिए र यसै उत्पादनको बिक्रीमा १४ प्रतिशतको कमी आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘च्याटजिपिटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण