मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

दिमाग खराब नगर्नुस्, यो गठबन्धन टुट्ने बेला छैन : माधव नेपाल

बुधबार, १९ माघ २०७८, १३ : ४३
बुधबार, १९ माघ २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धन कुनै हालतमा नतोडिने बताएका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूको रक्तदान कार्यक्रममा नेपालले भने, ‘पत्रपत्रिकामा आएका कुराबाट दिमाग खराब नगर्नुस् । यो गठबन्धन टुट्ने बेला छैन ।’

आज मध्यान्हतिर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटेर गठबन्धन बलियो बनाएर जाने विषयमा छलफल गरेको नेताले बताए ।  ‘हामी तीनैजना बसेर छलफल गरौं । पत्रपत्रिकामा मनगढन्ते कुरा आएका रहेछन्,’ उनले भने, ‘यो गठबन्धनलाई बलियो बनाएर जाने विषयमा छलफल गरेका छौं ।’ 

यस्तै उनले जेठमा हुने स्थानीय तहको चुनावमा पनि गठबन्धनका साथ जाने बताए । ‘जेठमा स्थानीय तहको चुनाव हुँदैछ,’ अध्यक्षले नेपालले भने, ‘हामी गठबन्धन मिलेर जान्छौं । कसैले गठबन्धन तोडौँ भनेका होला । यो गठबन्धन तोडिनेवाला छैन ।’

विचार मिल्ने वामपन्थी र लोकतान्त्रिक गठबन्धनले दक्षिणपन्थीमा तरंग ल्याएको उनको भनाइ छ । साथै उनले आगामी दिनमा पनि देश गठबन्धनको यात्रामा अगाडि बढ्ने बताए । वर्तमान गठबन्धनले नेपालको व्यवस्था गलत दिशामा जानबाट रोकेको उनको भनाइ छ । ‘हामीले संविधान जोगाएका छौं । संघीयता सुदृढ गरेका छौं,’ उनले भने, ‘नेपालको व्यवस्था गलत दिशामा जान खोजेको थियो । तर हामीले कोर्स करेक्सन गरेका छौं ।’

एमालेबाट संसद चल्नै नदिने र गन्जागोल गरेर देशलाई गलत दिशामा लिने प्रयत्न भएको नेपालको आरोप छ । उनले भने, ‘त्यो एमाले हो कि बामाले यस्तो गरिरहेको छ ।’ यस्तै उनले एकीकृत समाजवादीमा प्रवेश गर्ने अभियान चलिरहेको बताए । नेपालले पर्यटनमन्त्री प्रेम आले जनताको काममा खरो ढंगले उत्रिएको बताए । उनले भने, ‘यसको निरन्तरता रहोस् । हामीसँग जोडिएका नेताले जनताको काममा लाग्नुस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप