देशभर हिमपात : कतै रमाइलो, कतै सकस
नेपालमा माघ लागेसँगै सुरु भएको वर्षा र हिमपात अन्तिम सातासम्म लाग्न थाल्दा पनि भइरहेको छ । बीचको केही हप्ता मौसममा सुधार देखिए पनि पश्चिम न्यूनचापीय वायुका कारण बदली हुँदा शुक्रबार देशैभर वर्षा र हिमपात भएको छ ।
बिहीबारदेखि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा परेको वर्षा र हिमपातले देशभरको जनजीवन कष्टकर बनिरहेको छ । वर्षासँगै बढेको चिसोले बालबालिका र वृद्धवृद्धा तथा पशु चौपायालाई असर गरेको छ । हुम्ला, मनाङ, मुगुसहित हिमाली क्षेत्रमा भएको हिमपातले तीन फिटभन्दा बढी हिउँ जमेको छ । काठमाडौं उपत्यकाको काँठ क्षेत्रसहित देशभरका उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ ।
फुल्चोकी, शिवपुरी, दलचोकी, चन्द्रागिरिसहित काठमाडौं उपत्यका आसपासलगायत उच्च पहाडी क्षेत्रमा पनि पटकपटक हिमपात भएको छ । अझै केही दिन मौसममा सुधार आउन समय लाग्ने मौसमविद्हरुले जानकारी दिएका छन् । मौसमविद्हरुले देशभरि नै भारी वर्षा भइरहेको जनाएका छन् । उनीहरूका अनुसार शनिबार बिहानसम्म मौसम बदली नै रहने छ ।
हिउँमा रमाउँदै सर्वसाधारण
काठमाडौँमा वर्षासँगै चन्द्रागिरि डाँडामा परेको हिउँमा रमाउँदै सर्वसाधारण । तस्बिर : प्रदीपराज वन्त/रासस











हिमपातका कारण जनजीवन कष्टकर यातायातका साधन सञ्चालनमा ठप्प
डडेल्धुराको सदरमुकाममा बिहीबार साझँदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित हुनुका साथै यातायातका साधन सञ्चालनमा कठिनाई भएको छ । तस्बिर : धनबहादुर भण्डारी/रासस




सतबाझ–गोठलापानी सडकखण्डको हिउँ पन्छाउँदै सुरक्षाकर्मी
दशरथचन्द राजमार्गस्थित बैतडीको सतबाझ– गोठलापानी सडकखण्डको हिउँ हनुमानध्वज गुल्मका उपसेनानी बालाराम बुढाथोकीको नेतृत्वमा खटिएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पन्छाउँदै ।


रुकुम (पूर्व)मा हिमपात
रुकुम (पूर्व)को भूमे गाउँपालिका-१ लुकुममा शुक्रबार हिमपात पछिको दृश्य । तस्वीर : सर्जना कार्की, रासस


नगरकोटमा हिमपात
पर्यटकीय क्षेत्र नगरकोटमा शुक्रबार हिमपातपछि नगरकोटको बतासे डाँडाबाट देखिएको आकर्षक दृश्य । तस्वीर : रमेश गिरी, रासस



हिउँले ढाकिएको जोमसोम बजार
मुस्ताङ जिल्लाको जोमसोम बजार हिमपात पछिको दृश्य । हिमपातका कारण मुस्ताङमा यातायात र विद्युत सेवा प्रभावित भएको छ । तस्बिर : सन्तोष गौतम, रासस

हिमपात कारण रोकिएका सवारीसाधन
जुम्लामा भारी हिमपात भएपछि सडकमा रोकिएका सवारीसाधन । जुम्लाबाट चल्ने लामो दूरीमा सवारीसाधन हिमपातले चल्न सकेका छैन । तस्वीर : विजय रावत/रासस


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ (तस्बिरहरू)
-
देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
पहिलो खण्डको विस्तार आगामी आर्थिक वर्षदेखि सुरु हुने, अरूमा के छ अवस्था ?
-
तथ्याङ्कले भन्छ – इंग्ल्याण्डको विश्वकप आस केन र बेलिङ्घममै निर्भर छ
-
कांग्रेस उपसभापति पुष्पा भुसाल कोरियामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण