कांग्रेस उपसभापति पुष्पा भुसाल कोरियामा
सारांश
- नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसाल नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सातौँ अधिवेशनमा सहभागी हुन दक्षिण कोरिया आइपुगेकी छन्।
- उनलाई इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजिन्द्र बहादुर क्षेत्री लगायतले स्वागत गरेका थिए।
- उपसभापति भुसालले जुलाई १२ मा आयोजना हुने अधिवेशनमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने र नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
सोल । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसाल नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सातौँ अधिवेशनमा सहभागी हुन शनिबार दक्षिण कोरिया आइपुगेकी छन्।
उनलाई इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजिन्द्र बहादुर क्षेत्री, उपसभापति लक्ष्मण दाहाल, पदाधिकारी, कार्यसमिति सदस्य तथा कोरियामा रहेका नेपाली समुदायका सदस्यहरूले स्वागत गरेका थिए। स्वागत कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका नेपाली कांग्रेसका शुभेच्छुक, जनसम्पर्क समितिका नेता–कार्यकर्ता तथा ठुलो सङ्ख्यामा नेपाली समुदायको सहभागिता रहेको थियो।
उपसभापति भुसालले जुलाई १२ मा सोलमा आयोजना हुने नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सातौँ अधिवेशनमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, कोरिया बसाइका क्रममा उनले यहाँ रहेका नेपाली समुदायसँग भेटघाट, साक्षात्कार तथा अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ।
सातौँ अधिवेशनमा संगठनको भावी नेतृत्व चयनसँगै समसामयिक विषयमा पनि व्यापक छलफल हुने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा ‘डार्क हर्स’ नर्वेको जादुमयी यात्रा समाप्त
-
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा, नर्वे २–१ ले पराजित
-
अतिरिक्त समयको पहिलो हाफ समाप्त: जुड बेलिङ्घमको गोलसँगै इङ्गल्याण्ड २–१ ले अगाडि
-
बेलिङ्घमले गरे व्यक्तिगत दोस्रो गोल, इङ्गल्याण्डलाई महत्त्वपूर्ण अग्रता
-
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकियो, नर्वे र इङ्गल्याण्डबिचको खेल अतिरिक्त समयमा
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण