कर्णालीमा यस्तो बन्दैछ मुख्यमन्त्री शाहीको टीम
कर्णालीमा आइतबार मन्त्रिमण्डलले पूर्णता पाउँदैछ । त्यसका लागि नयाँ बन्ने मन्त्रीहरूको नाम टुङ्गिएको छ ।
तीन दलीय गठबन्धन रहेको कर्णालीमा मुख्यमन्त्री जीवनबहादुर शाहीको टीममा उनको दलबाट सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाही मन्त्री बन्नेछन् । यस्तै गठबन्धनभित्रको सबैभन्दा ठुलो दल नेकपा माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह र कार्चेन लामा मन्त्री बन्नेछन्।
सिंहलाई जलस्रोत तथा ऊर्जा मन्त्रालय र लामालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । माओवादीबाट यसअघि विन्दमान विष्ट आर्थिक मामिला तथा योजना मन्त्री बनिसकेका छन् । यस्तै सबैभन्दा कान्छो दलको रूपमा रहेको एकीकृत समाजवादीबाट पदमबहादुर रोकाया मन्त्री बन्नेछन् ।
उनलाई भौतिक, पूर्वाधार तथा सहरी विकास मन्त्रीको जिम्मेवारी दिने निर्णय भएको मुख्यमन्त्री जीवनबहादुर शाहीको निजी सचिवालयले रातोपाटीलाई जानकारी दियो। एकीकृत समाजवादीबाट यसअघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा दलका नेता चन्द्रबहादुर शाही मन्त्री बनिसकेका छन्।
यसअघि चारवटा मन्त्रालयको दाबी गर्दै आएको माओवादीले तीन र तीनवटा मन्त्रालयको दाबी गर्दे आएको एकीकृत समाजवादीले दुईवटा मन्त्रालयमा चित्त बुझाएका छन् । माओवादीले गैर सांसद कार्चेन लामालाई मन्त्री बनाएको भन्दै दलभित्रकै नेताहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन्। मुख्यमन्त्रीको सचिवालयका अनुसार नयाँ मन्त्रीहरूको आइतबार साँझ ७ बजे शपथ ग्रहण कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण