१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
सारांश
- त्रिभुवन विश्वविद्यालय (त्रिवि) एमबीएस प्रथम वर्षको प्रथम सेमेष्टरको परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको ६ मिनेटमै बाहिरिएको घटना सार्वजनिक भएको छ।
- कर्णाली प्रदेशमा मंगलबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेस गर्न आह्वान गरिएको छ।
- नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल
त्रिभुवन विश्वविद्यालय (त्रिवि) एमबीएस प्रथम वर्षको प्रथम सेमेष्टरको परीक्षाको प्रश्नपत्र केही समयमै बाहिरिएको घटना सार्वजनिक भएको छ।
२. कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
कर्णाली प्रदेशमा मंगलबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेस गर्न आह्वान गरिएको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई साउन १२ गते साँझ ५ः०० बजे भित्र मुख्यमन्त्री पदको लागी दावी पेस गर्न आह्वान गरिएको हो ।
३. एमाले र नेकपाबिच ३ बुँदे सहमति
नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ।
४. किसानलाई सधैँ मलकै पिरलो
सर्लाहीको लालबन्दी–१७ रानीगन्जस्थित वडा कार्यालयमा युरिया मलको न्यायोचित वितरण नभएको भन्दै किसानहरूले लगाएको ताल्चा बुधबारसम्म पनि खुल्न सकेको छैन ।
यो सर्लाहीको प्रतिनिधि घटना मात्र होइन । मुख्य खेतीपातीको समयमा (धान रोप्ने र गोडमेल गर्ने सिजन) देशैभर रासायनिक मलको चर्को अभाव हुँदा किसानहरू ठूलो मारमा परेका छन् ।
५. भारतमा सीजेपी आन्दोलन
शिक्षामन्त्री धर्मेन्द्र प्रधानले मन्त्रिपरिषद्बाट राजीनामा दिएपछि र सरकारबाट अन्य मागमा आश्वासन पाएपछि ककरोच जनता पार्टी (सीजेपी) ले जन्तर(मन्तरमा जारी ३७ दिन लामो आन्दोलन फिर्ता लिएको छ।
६. गोविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने भएको छ ।
७. कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
काठमाडौँको तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेकी छिन् ।
८. प्रदेश सरकार
केन्द्रमा भएको सत्ता समीकरणबारे सहमतिसँगै प्रदेशमा सत्ता समीकरण बदलिने भएको छ । नेकपा (एमाले)ले काँग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति गरेसँगै प्रदेशमा सत्ता समीकरण बदलिने भएको हो ।
९.निजी क्षेत्रसँग प्रधानमन्त्रीको संवाद
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्र चलायमान बनाउने उद्देश्यसहित निजी क्षेत्रका उद्योगी–व्यवसायीसँगको संवादलाई तीव्र बनाएका छन् ।
१०.सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक
व्यावसायिक कृषि प्रणालीलाई प्रोत्साहन गर्दै कृषि उत्पादन बढाउन स्थानीय तहहरूले दिँदै आएको सहुलियतपूर्ण अनुदान कार्यक्रममा संघीय सरकारले अंकुश लगाएको छ ।
११. उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
नेकपा (एमाले) भोजपुरले आफ्ना पार्टीका नीति र विधान विपरीत गतिविधिमा संलग्न रहेको ठहर गर्दै जिल्लाका पाँच जना जनप्रनितिधिहरुलाई कारबाही गरेको छ।
१२. पारा खेलाडीका सपना र पीडा
बाहिर पानी परिरहेको छ, मौसम चिसो छ । तर भित्र स्वीमिङ पुलमा केही युवायुवतीका हाडगोडा निरन्तर चलिरहेका छन् । उनीहरूसँग चिसो पानीभित्र तातो ऊर्जा छ, अनि देशको प्रतिनिधित्व गरेर पारा एसियन गेम्समा सहभागी हुने हुटहुटी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण